गृहपृष्ठ बहुवर्षीय ठेक्का सहमति सम्बन्धी मापदण्ड संशोधन गर्ने अर्थ मन्त्रालयको तयारी
बहुवर्षीय ठेक्का सहमति सम्बन्धी मापदण्ड संशोधन गर्ने अर्थ मन्त्रालयको तयारी
अर्थ मन्त्रालयले आयोजनाको बहुवर्षीय ठेक्का सहमति सम्बन्धी मापदण्ड संशोधन गर्ने तयारी गरेको छ ।
विनियोजन ऐन २०८० अनुसार गत वर्ष बनाइएको आयोजनाको बहुवर्षीय ठेक्का सहमति मापदण्डलाई विनियोजन ऐन २०८१ अनुसार संशोधन गर्न लागिएको हो ।
अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराई विनियोजन ऐन २०८१ अनुसार वा आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार नयाँ मापदण्ड बन्नु पर्ने बताउँछन् ।
हाल राष्ट्रिय गौरवका आयोजनाको हकमा आयोजनाको अवधिभर र अन्य आयोजनाको हकमा २ आर्थिक वर्षभन्दा बढी ३ आर्थिक वर्षसम्मको अवधिका लागि बहुवर्षीय ठेक्का सहमति दिने व्यवस्था छ ।
मापदण्डअनुसार अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको सुरुमा विनियोजन रकमको बढीमा ४ गुणासम्म स्रोत सहमति प्रदान गर्न सक्छ । यस्तै, बहुवर्षीय ठेक्काको स्रोत सहमति प्राप्त भएको आयोजनाको खरिद प्रक्रिया कात्तिक महिनामा सुरु गर्नु पर्ने उल्लेख छ।
अर्थ मन्त्रालयले आवश्यकता, औचित्य र सम्भावित स्रोत उपलब्धताको समेत आधारमा बिभिन्न सर्त पूरा भएको अवस्थामा स्रोत सहमति उपलब्ध गराउन सक्ने उल्लेख छ ।
प्रकाशित समय : १२:३९ बजे