गृहपृष्ठ नेपाली बजारमा बोटको व्यापारमा ४ गुणाले वृद्धि : थप प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरु ल्याउँदै
नेपाली बजारमा बोटको व्यापारमा ४ गुणाले वृद्धि : थप प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरु ल्याउँदै
भारतको नम्बर १ अडियो र वेयरेवल ब्राण्ड boAt नेपाली बजारमा boAt को व्यापारमा ४ गुणाले वृद्धि ले २०७९ फाल्गुनमा नेपाली बजारमा सार्वजनिक भएसँगै निरन्तर सफलता हासिल गर्दै आएको छ साथै अहिले नेपाली बजारमा boAt को व्यापार तुलनात्मक रुपमा ४ गुणाले बढेको देखिन्छ र आय दोब्बर भएको छ ।
नेपाली बजारको लागि नेपालमा टेलिटक प्राइभेट लिमिटेड सँग सहकार्य गर्दै आएकोboAt ले नयाँ प्रविधियुक्त प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरुको बजारीकरण गर्दै आफ्नो क्षेत्रिय नेतृत्वलाई अझ सुदृढ बनाउने योजना बनाएको छ । नेपालमा सार्वजनिक भएसँगै boAt अडियो र वेयरवल्समा प्रमुख ब्राण्डको रुपमा स्थापित गर्न सफल भएको थियो साथै पछिल्लो दुई आर्थिक वर्षमा निरन्तर रुपमा ब्राण्ड भ्यालुको आधारमा पहिलो र भोल्युमको आधारमा दास्रो स्थान ओगट्न सफल रहेको छ ।
नेपालको प्रमुख ईःकमश DARAZमा सार्वजनिक हुँदा पनि boAt ले किर्तीमानी विक्री गर्दै त्यो सफलतालाई निरन्तर रुपमा अघि बढाउँदै गएको छ ।boAt ले आफ्नो उत्पादनहरुको बढ्दो मागलाई ध्यानमा राखी नेपाली उपभोक्ताहरु माझ नवीन प्रविधि र उच्च गुणस्तरयुक्त उत्पादनहरु प्रदान गर्ने प्रतिबद्धताका साथ(TWS) df]8]nx¿, Nirvana ION, Airdope Supreme / Airdope 91 sf ;fy j]e sn @ (Wave call 2) स्मार्टवाच र पावरबैंकहरु पनि उपलब्ध गराउँदै छ ।
boAt का उत्पादनहरू अब नेपालभरि १,००० भन्दा बढी रिटेल र मोबाइल पसलहरूमा उपलब्ध छ र ब्राण्डको स्थापना देखि नै दराजमा एक प्रमुख बिक्री कर्ताको रूपमा प्रस्तुत भइरहेको छ । दराजमा उपलब्ध boAt का ८०% भन्दा बढी SKU हरूले ४ स्टार भन्दा माथिको रेटिङ प्राप्त गरेका छन्, जसले उपभोक्ता सन्तुष्टि र विश्वासलाई देखाउँदछ ।
boAt ले नेपालभरि १० भन्दा बढी टचप्वाइन्टहरुबाट ग्राहकवर्गलाई वारेन्टी लगायतका विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ । यसै कारणले boAt नेपाली बजार तथा ग्राहक सेवामा समर्पित रहेको प्रमाण पनि गर्दछ र boAt लाई अन्य ब्राण्डहरू भन्दा भिन्न दर्शाउँछ । नेपालमा आफ्नो निरन्तर सफलतालाई प्रवद्र्धन गर्न,boAt ले यही भाद्र २० देखि भाद्र २६ (सेप्टेम्बर ५ देखि ११) सम्म दराजमा “boAtheadDAYS” नामक ब्राण्ड वीक सेल आयोजना गरिरहेको छ । यस अवधिमा, ग्राहकहरूले चयन गरेका उत्पादनहरूमा ७०% सम्मको छुटका साथै boAt का प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरू किफायती मूल्यमा लिन सक्नेछन् ।
प्रकाशित समय : १०:२४ बजे