गृहपृष्ठ कलिङ्गा साहित्यिक महोत्सव सुरु
कलिङ्गा साहित्यिक महोत्सव सुरु
नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्दनका लागि दुई दिने काठमाडौँ कलिङ्गा साहित्यिक महोत्सव सुरु भएको छ ।
यशस्वी प्रज्ञा प्रतिष्ठानको समन्वयमा भएको कार्यक्रमको उद्घाटन गर्नुहुँदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले सांस्कृतिक एवं साहित्यिक महोत्सवले विश्वलाई जोड्ने भएकाले प्रत्येक वर्ष निरन्तरता दिनुपर्नेमा जोड दिए । सांस्कृतिक अन्तरसम्बन्धले मानिसलाई जोड्ने भएकाले विश्वसम्बन्ध स्थापित गर्न सहज हुने उनको भनाइ थियो ।
भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन प्रसन्न श्रीवास्तवले पशुपतिनाथ, रामजानकी मन्दिर, लुम्बिनीजस्ता सांस्कृतिक सम्पदामा धेरै भारतीय आउने भारतका धेरै तीर्थस्थलमा पनि धेरै नेपाली जाने भएकाले यस्ता महोत्सवले सम्बन्ध स्थापित गर्ने बताए । नेपालका नेपाली, नेवारी र मैथिली भाषा विश्व साहित्यमै परिचित भएको पनि उनले सुनाए ।
प्रकाशित समय : १९:२३ बजे