अध्यक्ष नेपाल स्वदेश फर्किएसँगै पार्टीका विभिन्न केन्द्रीय विभाग, इन्चार्जसहितको जिम्मेवारी तोकिने तयारी रहेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।
गृहपृष्ठ एकीकृत समाजवादीका अध्यक्ष नेपाल स्वदेश फिर्ता
एकीकृत समाजवादीका अध्यक्ष नेपाल स्वदेश फिर्ता
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल स्वदेश फिर्ता भएका छन् ।
अध्यक्ष नेपाल यहीँ भदौ १६ गते रुस प्रस्थान गरेका थिए । शनिबार दिउँसो साढे १२ बजे अध्यक्ष नेपाल काठमाडौँ आइपुगेको अध्यक्षका स्वकीय लक्ष्मण रेग्मीले जानकारी दिएका छन् ।
मल्टी पोलारिटी फोरम विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाल रुस पुगेका थिए । सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म चलेको थियो। साथै अध्यक्ष नेपालले साउथ एसियन इकोनोमिक फोरमको समूहगत छलफलमा पनि भाग लिएका थिए ।
रुसमा सम्पन्न कम्युनिष्ट नेताहरूको बैठकमा भाग लिन पुगेका अध्यक्ष नेपालले चीन, रुसलगायत देशका कम्युनिष्ट नेताहरुबीचको बैठकमा समते भाग लिएका थिए ।
प्रकाशित समय : १८:३४ बजे