गृहपृष्ठ सार्वजनिक सेवा प्रवाहमा प्रविधिलाई आत्मसात गर्नुुपर्छ : मुख्यमन्त्री पाण्डे

सार्वजनिक सेवा प्रवाहमा प्रविधिलाई आत्मसात गर्नुुपर्छ : मुख्यमन्त्री पाण्डे

सार्वजनिक सेवा प्रवाहमा प्रविधिलाई आत्मसात गर्नुुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सार्वजनिक सेवा प्रवाहमा राष्ट्रसेवक कर्मचारीले प्रविधिलाई आत्मसात गर्नुुपर्ने बताएका छन् ।

निजामति सेवा दिवस मूल समारोह समिति गण्डकी प्रदेशद्वारा निजामति सेवा दिवस २०८१ का अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सेवा प्रवालाई समयसापेक्ष चुस्तदुुरुस्त बनाउनका लागि नविनतम प्रविधिको प्रयोगमा अभ्यस्त हुनुपर्नेमा जोड दिए ।

जनताका कामप्रति सरकार सकारात्मक तवरले प्रस्तुत हुुनुपर्नेमा जोड दिँदै उनले नहुने भएमा के कारणले नहुने हो त्यसबारे स्पष्ट पार्नुुपर्ने बताए । उनले तल्लो तहमा काम गर्नेदेखि उच्च पदस्थ पदमा रही काम गर्ने कर्मचारी र राजनीतिक नेतृत्व सबै जनताको पक्षमा भएकाले एकापसमा दोषारोपण नगरीकन जनताको सेवामा समर्पित हुनुपर्ने बताए ।

सङ्घीय निजामति ऐन नआउँदा कतिपय चाहेर गर्नुुपर्ने काम पनि गर्न नसकिएको बताउँदै मुख्यमन्त्री पाण्डेले प्रदेशतर्फबाट गर्न सकिने सबै किसिमका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको स्पष्ट पारे ।
कार्यक्रमका सभापति एवं गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुुमारी बस्नेतले सुशासन, समृद्धि र विकास आजको आवश्यकता भएको उल्लेख गर्दै सार्वजनिक सेवामा जनताको पहुँच बढाउनेगरी काम गर्नुुपर्नेमा जोड दिए ।

प्रकाशित समय : १८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु