nmb bank

गृहपृष्ठ आगामी साता प्रतिद्वन्द्वी ट्रम्पसँग हुने बहसको तयारीमा ह्यारिस

आगामी साता प्रतिद्वन्द्वी ट्रम्पसँग हुने बहसको तयारीमा ह्यारिस

आगामी साता प्रतिद्वन्द्वी ट्रम्पसँग हुने बहसको तयारीमा ह्यारिस

अमेरिकामा हुने राष्ट्रपति निर्वाचनका लागि आगामी हप्ता उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति तथा उनका प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पबीच बहस हुने भएको छ।

बहसको तयारीका लागि ह्यारिस बिहीबार पाँच दिनका लागि महत्त्वपूर्ण ‘ब्याटल ग्राउन्ड’ पेन्सिलभेनिया जाने लागेकी छन्।

फिलाडेल्फियामा रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पविरुद्ध मङ्गलबार हुने बहसका लागि ह्यारिस पिट्सबर्ग जाने छिन्। त्यहाँ उनले सल्लाहकारसँगको सहकार्यमा चुनावी रणनीति तयार पार्ने द वासिङ्टन पोस्ट र सिएनएनले जनाएको छ।

उनको अभियान कार्यक्रम निर्धारित गरिएको छैन तर मतदाताहरूसँग अनौपचारिक बैठकहरूमा भाग लिने अपेक्षा गरिएको छ।

छ हप्ताअघि राष्ट्रपतिको दौडमा ह्यारिसको प्रवेशले बाइडेनको ट्रम्पविरुद्ध जितको न्यून सम्भावनाले निराश भएका डेमोक्रेटहरूबीच उत्साह छरेको छ। हाल दुवै दलले नोभेम्बर ५ मा हुने चुनावका लागि तयारी गरिरहेका छन्।

प्रकाशित समय : १३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु