गृहपृष्ठ प्रस्तावित चार राजदूतको संसदीय सुनुवाइ
प्रस्तावित चार राजदूतको संसदीय सुनुवाइ
सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले रुसी महासङ्घ, साउदी अरब, दक्षिण अफ्रिका र दक्षिण कोरियाका लागि प्रस्तावित नेपाली राजदूतको सुनुवाइ गरेको छ ।
समितिले प्रस्तावित राजदूत क्रमशः जङ्गबहादुर चौहान, नरेशविक्रम ढकाल, प्रा डा कपिलमान श्रेष्ठ र डा शिवमाया तुम्वाहाम्फेको संसदीय सुनुवाइ गरेको हो । गत साउन १४ गतेको मन्त्रिपरिषद्ले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा नाम पठाएको थियो ।
समितिको बैठकमा प्रस्तावित राजदूतले आआफ्नो शैक्षिक योग्यता, अनुभव, सोच र अवधारणा प्रस्तुत गर्दै नेपाल र जिम्मेवारीका लागि प्रस्ताव गरिएका मुलुकबीचको सम्बन्ध, उच्चस्तरीय भ्रमण आदानप्रदान, लगानी, व्यापार, पर्यटन, सहयोग तथा निर्यातका सम्भावित क्षेत्रबारे समितिलाई जानकारी गराए ।
त्यसअवसरमा साउदी अरबका लागि प्रस्तावित राजदूत ढकालले ४६ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएको साउदी पछिल्लो समय नेपालको महत्त्वपूर्ण श्रम गन्तव्य रहेको हुँदाले अहिले त्यहाँ करिब चार लाख नेपाली श्रमिक रहेको अनुमान गरिएको बताए । उनले भने, “आर्थिक, शैक्षिक, सांस्कृतिक र जनस्तरमा दुई देशबीच सम्बन्ध सुदृढ हँुदै गएको छ । साउदीबाट उच्चस्तरको भ्रमण, समयसापेक्ष श्रम सम्झौता नवीकरण र आफ्नै दूतावास भवन निर्माणलाई प्राथमिकतामा दिइनेछ ।”
प्रकाशित समय : १८:५३ बजे