काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

आईएमइ र कमर्सप्लेक्स बीचरेमिटेन्स आदान प्रदानका लागि रणनीतिक साझेदारी

4.39K
shares

आईएमइ लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेडबीच एक कार्यक्रमको आयोजना गर्दै रेमिटान्स सम्बन्धि रणनीतिकसाझेदारीका लागि हस्ताक्षर भएको छ ।

आइएमईको काठमाडौंस्थित कर्पोरेट कार्यालयमा भएको उक्त हस्ताक्षर समारोहमा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री दिवाकर पौडेल र आईएमई लिमिटेडका महाप्रबन्धक श्री बद्री कटुवाल तथा कमर्स प्लेक्स लिमिटेडका तर्फबाट व्यवसाय प्रमुख श्री शाहरोज ए खान लगायत नेपाल र बंगलादेशका कन्ट्री म्यानेजर सुश्री सञ्जना फरीद साथै नेपालका डेपुटी कन्ट्री म्यानेजर श्री शैलेन्द्र जोशी पनि उक्त समारोहमा उपस्थित थिए ।

कमर्स प्लेक्स Simpaisa होल्डिङ्स कम्पनीको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी र क्यानडामा FINTRAC द्वारा संचालित लाइसेन्स प्राप्त विदेशी मुद्रा सेवा व्यवसाय (FMSB) ले नेपालको लागि रेमिट्यान्सको परिदृश्यलाई रूपान्तरण गर्ने लक्ष्यका साथ रणनीतिक साझेदारीको लागि तयार भएको कम्पनी हो।

कार्यक्रममा बोल्दै कमर्स प्लेक्स लिमिटेडका व्यवसाय प्रमुख श्री शाहरोजले भनेः “आइएमई लिमिटेडसँगको हाम्रो साझेदारीले वित्तीय समावेशीकरण र अतुलनीय सेवाको गुणस्तर प्रदान गर्न, प्रवासीहरूलाई भरपर्दो च्यानलहरूमार्फत पैसा पठाउनको लागि सशक्त बनाउन महत्वपूर्ण कदम अगाढी बढेको छ ।“

आईएमइ लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेड बीचयो साझेदारीले दुवै पक्षलाई अतुलनीय फाइदा पुग्ने बिश्वास ब्यक्त गरिएको छ भने आप्रवासी नेपालीहरुलाई थप सहज हुने अपेक्षा गरिएको छ । आईएमइ लिमिटेड रेमिटान्सको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको एक महत्वपूर्ण तथा बहुचर्चित कम्पनी हो ।