nmb bank

गृहपृष्ठ काठमाडौं अन्तर्राष्ट्रिय कला प्रदर्शनी शुक्रबारदेखि

काठमाडौं अन्तर्राष्ट्रिय कला प्रदर्शनी शुक्रबारदेखि

काठमाडौं अन्तर्राष्ट्रिय कला प्रदर्शनी शुक्रबारदेखि

कलामार्फत अन्तरदेशीयसम्बन्ध विस्तार गर्ने उद्देश्यले ‘काठमाडौं अन्तर्राष्ट्रिय कला प्रदर्शनी’ हुँदैछ । बौद्धस्थित तारागाउँ म्युजियममा शुक्रबार हुन लागेको उक्त प्रदर्शनीमा १० विदेशी कलाकार र १२ नेपाली कलाकारले सिर्जना गरेका चित्रकला एक साथ देख्न सकिन्छ ।

प्रदर्शनीका संयोजक एवं कलाकार रोशन प्रधानका अनुसार कलाले सम्बन्ध सुमधुर र प्रगाढ बनाउन मद्दत गर्ने हुँदा विदेशी कलाकारको सहभागितामा जोड दिएको बताए । भारत, अमेरिका, कोरिया, जापान, फिलिपिन्स, थाइल्यान्ड र भुटानका कलाकार सहभागी हुन लागेको प्रधानले जानकारी दिए।

“कला प्रदर्शनी र पर्यटन प्रवद्र्धन दुवै उद्देश्य एकसाथ पूरा हुन्छ”, उनले भने, “विदेशी कलाकार घुमफिर गरेसँगै यहाँको सांस्कृतिक र प्राकृतिक दृश्यसमेत कलामा उतार्न सघाउ पुग्छ ।” अन्तर्राष्ट्रिय रुपमा चित्रकला प्रदर्शनी नेपालमा गर्दा उनले एउटा नेपाली कला संस्कृतिको प्रवद्र्धन हुनुको साथै पर्यटनको आर्कषण बढाउन सकिने उनले बताए।

प्रदर्शनीमा कलाकारले आ–आफ्नो दृष्टिकोण र सिर्जना क्यानभासमा प्रस्तुत गर्नेछन् । प्रदर्शनीमा विधाता केसी, प्रतिमा माखिम, कपिलमणि दीक्षित, मनिषलाल श्रेष्ठ, प्रधुम्न श्रेष्ठ, डा प्रकाश किशोर, पृथ्वी श्रेष्ठ, रोशन भण्डारी, रोशन मिश्र, डा सुबोध सागर ढकाल लगायतका चित्र राखिने छन् ।

प्रकाशित समय : १७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु