nmb bank

गृहपृष्ठ युक्रेनी ड्रोन बल प्रमुखको परिवार नै रुसमा, जेलेन्स्कीले गरे निलम्बन

युक्रेनी ड्रोन बल प्रमुखको परिवार नै रुसमा, जेलेन्स्कीले गरे निलम्बन

युक्रेनी ड्रोन बल प्रमुखको परिवार नै रुसमा, जेलेन्स्कीले गरे निलम्बन

युक्रेनले आफ्नो ड्रोन फोर्सका चिफ अफ स्टाफ रोमन ग्ल्याडकीलाई निलम्बन गरेको छ ।

ग्ल्याडकीको परिवार रुसमा रहेको खबर बाहिरिएपछि उनलाई निलम्बन गरिएको रुसी अखबार आरटीले जनाएको छ । अहिले ग्ल्याडकीमाथि अनुसन्धान भइरहेको छ ।

युक्रेनी मिडियाले ग्ल्याडकीकी श्रीमतीसँग रुसी राहदानी रहेको र सन् २०१४ मा प्रायद्वीप रुसको हिस्सा बनेपछि क्राइमियामा बसोबास गरेको रिपोर्ट सार्वजनिक गरेपछि अनुसन्धान सुरु गरिएको थियो ।

ग्ल्याडकीकी छोरीले रुसी झण्डामुनि पौडी प्रतियोगितामा भाग लिएकी थिइन् । किभले क्रिमियालाई अवैध कब्जामा रहेको ठान्दछ र प्रायद्वीपमा अनाधिकृत भ्रमणहरू प्रतिबन्धित गर्दछ ।

 

प्रकाशित समय : १२:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु