nmb bank

गृहपृष्ठ विराटनगर महानगरद्वारा पाँच स्थानमा ट्राफिक लाइट जडान

विराटनगर महानगरद्वारा पाँच स्थानमा ट्राफिक लाइट जडान

विराटनगर महानगरद्वारा पाँच स्थानमा ट्राफिक लाइट जडान

ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले विराटनगरका विभित्र पाँच स्थानमा ट्राफिक लाइट जडान गर्दैछ । महानगरले रु ७७ लाख लागतमा विराटनगरको तीनपैनी, जलजला, कञ्चनबारी, रोडशेष र घाँसचोकमा ट्राफिक लाइट जडान सुरु गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिकाभित्र दैनिक करिब ९५ हजार सवारी साधन गुड्दै आएका छन् । अगामी असोज मसान्तभित्र लाइट जडान गरिसक्ने गरी काम भइरहेको महानगरपालिकाका प्रमुख नागेश कोइरालाले जानकारी दिए ।

कोशी प्रदेशको एक मात्रै महानगरपालिका हुनुका साथै प्रदेशको राजधानी पनि भएका कारण पछिल्लो समय विराटनगरमा ट्राफिक व्यवस्थापन चुनौतीका रुपमा देखिएको छ । बढ्दो जनघनत्व, सवारी चापलगायतले ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको थियो । प्रमुख चोकमा ट्राफिक लाइट जडानपछि ट्राफिक व्यवस्थापनमा सहज हुने प्रमुख कोइरालाको भनाइ छ ।

महानगरको गुरुयोजनामा विराटनगर विभित्र सात स्थानमा ट्राफिक लाइट जडान गर्ने भनिए पनि हाल पाँच स्थानका लागि काम भइरहेको बताइएको छ । महानगरको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले सवारी दुर्घटनालाई न्यूनीकरण गर्न तथा सडक पेटीमा हिड्ने वातावरणलाई सहज बनाउन र सवारी सहज बनाउन यो व्यवस्थाले धेरै हदसम्म नगर क्षेत्रको शोभा बढ्ने विश्वास व्यक्त गरे ।

प्रकाशित समय : १९:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु