गृहपृष्ठ आगामी दशक आन्तिरिक रोजगारीको दशक : मन्त्री भण्डारी
आगामी दशक आन्तिरिक रोजगारीको दशक : मन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आगामी दशकलाई आन्तरिक रोजगारीको दशकको रुपमा अघिबढाउन मन्त्रालय लागिपरेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले बाध्यकारी वैदेशिक रोजगारीको अन्त्यका लागि स्वदेशमै रोजगार सृजनाका लागि आवश्यक वातावरण बनाउन मन्त्रालय प्रयासरत रहेको जानकारी दिए ।
वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको सीप र पुँजीको सदुपयोग गर्दै मुलुक निर्माणको योजना सरकारको प्राथमिकतामा रहेको बताउँदै उनले भने, “आगामी दशकलाई आन्तिरिक रोजगारीको दशकको रुपमा अगाडि बढाउनका लागि मन्त्रालयले तयारी गरिरहेको छ ।”
मन्त्री भण्डारीले थप भन, “युवालाई स्वदेशमै राख्नका लागि, वैदेशिक रोजगारीको विकल्प भनेको रोजगारी नै हो । वैदेशिक रोजगारमा गएका युवालाई स्वदेश फर्काउँदै पुनःएकीकरण गर्ने र उहाँहरूको सीप, संस्कार र संस्कृतिलाई सदुपयोग गर्न एवं विभिन्न स्र्टाटअपसँग जाडेर मुलुक निर्माण गर्ने सरकारको प्राथमिकता हो ।” उहाँले हालमात्रै सातवटै प्रदेशमा श्रमाधान रोजगार मेला सञ्चालन गरी आन्तरिक रोजगारी प्रवर्द्धन भइरहेको जानकारी दिए ।
मन्त्री भण्डारीले महिला कामदारलाई वैधानिक बाटोबाट घरेलु श्रमिकका रुपमा वैदेशिक रोजगारमा जाने व्यवस्था मिलाउँदै केही मुलुकमा ‘पाइलट प्रोजेक्ट’का रुपमा अघि बढाउने योजनाबारे सदनलाई जानकारी दिए ।
प्रकाशित समय : १९:३२ बजे