nmb bank

गृहपृष्ठ नाडा अटो शोमा ट्राइम्फका १५० भन्दा बढी मोटरसाइकल बुकिङ

नाडा अटो शोमा ट्राइम्फका १५० भन्दा बढी मोटरसाइकल बुकिङ

नाडा अटो शोमा ट्राइम्फका १५० भन्दा बढी मोटरसाइकल बुकिङ

यस वर्षको नाडा अटो शो २०२४ मा ट्राइम्फ मोटरसाइकलले उल्लेखनीय उपलब्धि हासिल गरेको छ । हालसम्म १५० भन्दा बढी सङ्ख्यामा मोटरसाइकल बुकिङ भएको कम्पनीले जानकारी दिएको हो ।

नेपालमा ट्राइम्फ मोटरसाइकलको आयात नेपाली अटोमोटिभ क्षेत्रको अग्रणी नाम, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि ले गरिरहेको छ । यस नाडा अटो शो मा ट्राइम्फका नयाँ स्क्रेम्बलर ४०० एक्स र स्पिड ४०० सार्वजनिक गरिएको छ ।

गोल्छा ग्रुपका डाइरेक्टर,अभिमन्यु गोल्छाले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘यस उपलब्धिले हामीलाई निकै गौरवान्वित बनाएको छ । नाडा अटो शोमा पाएको अतुलनीय प्रतिक्रिया र १५० युनिट बुकिङ पुग्नुले मोटरसाइकल उत्साहीहरूको ट्राइम्फ ब्रान्ड प्रतिको विश्वासलाई झल्काएको छ ।’

प्रकाशित समय : ११:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु