nmb bank

गृहपृष्ठ कोशी प्रदेशसभा : विधेयक सर्वसम्मतले पारित

कोशी प्रदेशसभा : विधेयक सर्वसम्मतले पारित

कोशी प्रदेशसभा : विधेयक सर्वसम्मतले पारित

कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनको साबिकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित भएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले पेश गरेको सो प्रस्ताव सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा विधेयक सर्वसम्मतले पारित भएको हो ।

यसैगरी, मन्त्री अधिकारीले प्रदेशसभा नियमावली, २०७४ ९पहिलो संशोधन सहित० को नियम ९२ बमोजिम ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक’ प्रस्तावस्वरुप सदनमा पेस गर्नुभएको थियो ।

सो अवसरमा मन्त्री अधिकारीले प्रदेश सरकार बनेको समयदेखि नै जनताको चाहना र आवश्यकतामा विशेष ध्यान दिएको बताए । उनले प्रदेशमा हालै आएको बाढी र पहिरोबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकार राहत, उद्धार एवं खोजमा निकै क्रियाशील भएर काम गरेको जानकारी दिए ।

मन्त्री अधिकारीले सोलुखुम्बुको थामे गाउँमा आएको बाढी र पहिरोमा परेका परिवारलाई आवश्यकताका आधारमा तत्काल राहत वितरण गरेको जानकारी दिँदै उनले भने, “सरकार जनताको जीउधनको रक्षा गर्न क्षमताले भ्याएसम्म काम गर्छ ।”

प्रकाशित समय : १९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु