global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ तीन महावाणिज्यदूत नियुक्त, कलकत्तामा झक्क, ल्हासामा लक्ष्मी

तीन महावाणिज्यदूत नियुक्त, कलकत्तामा झक्क, ल्हासामा लक्ष्मी

तीन महावाणिज्यदूत नियुक्त, कलकत्तामा झक्क, ल्हासामा लक्ष्मी

सरकारकाले तीन देशका महावाणिज्यदूत नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कलकत्ता बेइजिङ, ग्वान्जाओ र ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गरेको हो ।

कलकत्ताको महावाणिज्यदूतमा सह सचिव झक्कप्रसाद आचार्य नियुक्त भएका छन् भने सह सचिव लक्ष्मी निरौलालाई ल्हासा र भरत खनाललाई ग्वान्जाओ पठाउने निर्णय भएको छ । बेइजिङको हकमा भने मन्त्रिपरिषद् आउन नपर्ने भएकोले परराष्ट्र मन्त्रालयबाट नै सिधै पोष्टिङ गर्नेछ ।

गत साउन ३१ गते सरकारले सह सचिवहरू झक्क प्रसाद आचार्य, लक्ष्मी प्रसाद निरौला, विन्देश्वर प्रसाद लेखक र भरत खनाललाई परराष्ट्र मन्त्रालय पठाउने निर्णय गरेको थियो । जसमध्ये तीन जनालाई आज पोष्टिङ गर्ने निर्णय गरेको हो । यससँगै लेखकको हकमा तत्काललाई बेइजिङ मात्रै बाँकी रहेकोले परराष्ट्रबाट नै त्यहाँ पठाउन सक्ने बुझिएको छ ।

 

प्रकाशित समय : ०७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु