global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ अल्फा क्यापिटलले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा एनएमबि बैंक

अल्फा क्यापिटलले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा एनएमबि बैंक

अल्फा क्यापिटलले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा एनएमबि बैंक

अल्फा क्यापिटलले आईपीओ निष्कासन गर्ने भएको छ । यसका लागि यो कम्पनीले बुधबार सेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

एक समारोहबीच अल्फा क्यापिटलका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठ र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले यससम्बन्धी समझदारीपत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

कम्पनीले निकट भविष्यमै आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको बताइएको छ । यस अवसरमा कम्पनीका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठले आईपीओ निष्कासन गर्ने योजना सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए । कम्पनीले हाल रियल स्टेट, सेयर बजारलगायत विभिन्न भेन्चरहरुमा लगानी गर्दै आएको छ ।

प्रकाशित समय : १४:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु