काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एक मेगावाटभन्दा बढी क्षमताका जलविद्युत आयोजनालाई विद्युत रोयल्टी तिर्न विद्युत् विकास विभागको निर्देशन

3.89K
shares

विद्युत् विकास विभागले एक मेगावाटभन्दा बढी क्षमताको जलविद्युत् उत्पादक कम्पनीहरूलाई बक्यौता रोयल्टी तिर्न निर्देशन दिएको छ ।

विभागले उक्त क्षमताका सबै जलविद्युत् उत्पादकहरूलाई ३५ दिनभित्र विद्युत् ऊर्जा बिक्री बापतको रोयल्टी छिटो बुझाउन निर्देशन दिएको हो ।

२०८०/८१ सम्मको बक्यौता फरफारक गर्न र आव २०८१/८२ को जडित क्षमता बापतको रोयल्टी समयमा बुझाउन समेत विभागले भनेको छ । यस्तो रोयल्टी संघ सरकारसँगै स्थानीय र प्रदेश तहमा समेत बाँडफाँट हुन्छ ।