गृहपृष्ठ सकसपूर्ण बीमा दाबी भुक्तानीको कारण बीमा कम्पनीविरुद्ध उजुरी बढ्दो, कुन कम्पनीमा कति ?
सकसपूर्ण बीमा दाबी भुक्तानीको कारण बीमा कम्पनीविरुद्ध उजुरी बढ्दो, कुन कम्पनीमा कति ?
बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणमा उजुरी पर्ने क्रम दैनिक जसो बढ्दै गएको छ। बीमितले बीमा कम्पनीबाट न्याय नपाएपछि बीमा क्षेत्रको पहिलो न्यायलय बीमा प्राधिकरणमा उजुरी दिने गर्दछन् ।
बीमा कम्पनीहरूले बीमा खरिद गरेका बीमितलाई सही रुपमा बीमा बारे बुझाउन नसक्दा र बीमितप्रति उत्तरदायित्व भूमिकामा रह्न नसक्दा प्राधिकरणमा उजुरीको चाङ लागेको हो ।
अनिश्चित जोखिम, दुघर्टनाले ग्रसित भएका व्यक्ति वा संस्थाले आफ्नो जोखिम अनुरुप निश्चित बीमा शुल्क बुझाई घटना भएमा क्षतिपूर्ति प्राप्त गर्ने शर्त सहित बीमा योजना खरिद गर्न सक्ने व्यवस्था रहेको छ।
बीमा दुई पक्ष बीचमा हुने लिखित सम्झौता पनि हो । बीमा बीमा कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा गरिने सम्झौता हो । यस प्रक्रियामा बीमितको जोखिमको क्षतिपूर्तिको भार बीमाको माध्यमबाट बीमकमा हस्तान्तरण गरिन्छ । तर नेपालको परिपेक्षमा बीमितलाई बीमा बारे सपष्ट बुझाउन नसक्दा यसतर्फ आकर्षण हुने भन्दा पनि दाबीको झन्झटको कारण चिन्तित देखिन्छन् ।
कम्पनी र बीमितबीच हुने लिखित सम्झौता करारमा बीमितले हस्ताक्षर गर्ने प्रावधानहरुमा वेवास्ता गर्दा कम्पनीको निर्णय विरुद्ध प्राधिकरण र पुनरावेदनसम्म धाउन पर्ने बाध्यता रहेको छ। बर्षिर्नैै बीमा प्राधिकरणमा बीमा कम्पनीविरुद्ध उजुरी दिने बीमितको सङख्या पनि बढ्दो रहेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ।
बीमा प्राधिकरणका अनुसार जीवन बीमा र निर्जिवन बीमा कम्पनीहरुमा उजुरी पछिल्ला बर्षमा भन्दा धेरै बढ्न थालेका छन् । अघिल्लो आर्थिक बर्ष( आव) को असार मसान्तको तुलनामा गत आर्थिक बर्षमा बीमा प्राधिकरणमा पर्ने उजुरी २८ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक बर्षको पाँच बर्षको बीमा प्राधिकरणको तथ्यांक हेर्ने हो पनि बीमा प्राधिकरणमा उजुरी बढ्दो क्रम पनि बढ्दै गईरहेको छ।
बीमा प्राधिकरणको प्रादेशिक कार्यालयमा उजुरी दिन पाउने व्यवस्था र अनलाईनबाटै उजुरी दिन पाउने व्यवस्थाको कारण बीमितहरुलाई थप सहजीकरण भएको प्राधिकरणको बुझाई रहेको छ।
नेपाल बीमा प्राधिकरणको ६ बर्षको मुद्धा सम्बन्धी विवरण अनुसार पाँच बर्षको अवधिमा मुद्धाको सङख्या बढ्दै गईरहेको देखिएको छ। ६ बर्षमा भने पुनरावेदनबाट प्राधिकरणमा आएका मुद्धाहरु जम्मा सात मात्रै रहेका छन् ।
आर्थिक बर्ष २०७५र ७६ मा बीमा प्राधिकरणमा गत बर्षको निवेदन बाँकि सङख्या ८३ र सो बर्षमा निवेदन १ सय जना र पुनरावेदनबाट ४ मुद्धा गरी कुल १८७ वटा मुद्धा दर्ता भएका थिए । जसमध्ये ८५ वटा मुद्धा फैसला र सहमती भएका थिए भने १ सय १ वटा मुद्धाको छिनोफानो बाँकि रहेका थियो ।
त्यसपछि आ.व २०७६र७७ मा १ सय १ अघिल्लो बर्षको बाँकि मुद्धा र गत बर्षमा दर्ता भएका १२६ मुद्धा र पुनरावेदनबाट आएका १ गरी २२८ वटा मुद्धा दर्ता भएका थिए ।
तथ्यांक अनुसार आव ७७र७८ मा १ सय ३५ वटा अघिल्लो आवको बाँकि मुद्धा र गत आवको थप मुद्धा १३७ र पुनरावेदनबाट आएका १ मुद्धा गरी २७३ वटा जम्मा मुद्धा परेका थिए । जसमध्ये ९३ वटा मुद्धा फैसला र सहमती भएको र बाँकि १८३ वटा फैसला भने बाँकि रहेका थिए ।
त्यस्तै, आव ७८र७९ मा १८३ वटा अघिल्लो आर्थिक बर्षको, गत आवको १५५ र पुनरावेदनबाट कुनै मुद्धा नआई जम्मा ३३८ वटा मुद्धा प्राधिकरणमा दर्ता भएका थिए।
आव ७९र८० मा १८६ वटा अघिल्लो आर्थिक बर्षको, गत आवको १५५ र पुनरावेदनबाट शुन्य गरी ३४१ वटा मुद्धा दर्ता भएका थिए । जसमध्ये १४९ वटा मुद्धा फैसला र सहमती भएका थिए भने १९२ वटा मुद्धाको फैसला हु्न बाँकि रहेका थिए ।
त्यस्तै, अघिल्लो आवको १९२ वटा बाँकि मुद्धा र गत आवमा २४४ वटा र एक पुनरावेदनबाट आएका ४३७ वटा मुद्धा प्राधिकरणमा दर्ता भएका छन् । जसमध्ये १५० मुद्धा फैसला र सहमती भएका छन् भने बाँकि २८७ वटा मुद्धा फैसला हुन बाँकि रहेका छन् ।
बीमितले बीमा दाबी गरेको रकममा चित्त नबुझ्दा बढी उजुरी पर्ने गरेका छन् । बीमा कम्पनीले बिमितलाई समयमा दाबी भुक्तानी नगरेमा, दाबी भुक्तानीको चित्त नबुझेमा बीमितले प्राधिकरणमा उजुरी दिने गरेका छन् । प्राधिकरणलाई जिल्ला अदालतको सरह अधिकार छ । प्राधिकरण अर्ध न्यायिक निकाय भएका कारण अधिकांश उजुरीको फैसला प्राधिकरणबाट हुने गरेको छ ।
जीवन बीमा कम्पनीले लामो समयका लागि बीमा गर्ने हुँदा जीवनको उजुरी कम हुने, जीवनको दाबी भुक्तानी पनि समयमा नै हुँदा उजुरी न्यून हुने प्राधिकरणको भनाई छ ।
जीवन बीमामा घातक रोग वापतको बीमा योजना र बीमितले पर्याप्त मात्रामा डकुमेन्ट पेश नगरेको आधारमा उजुरी पर्ने गरेको प्राधिकरणको भनाई छ ।
यता निर्जीबन बीमा कम्पनीले छोटो समयमा लागि बीमा गर्ने र दाबी भुक्तानी पनि छिटो छिटो गर्ने हुँदा उजुरी बढी हुने गरेको छ ।
निर्जीवन बीमा कम्पनीले क्षतिका आधारमा भुक्तानी दिने गर्छन । कतिपय अवस्थामा सर्भेयरले निर्धारण गरेको क्षति, बीमितले गर्ने दाबी र कम्पनीले दिने भुक्तानीमा चित्त नबुझ्दा पनि उजुरी पर्ने गरेको प्राधिकरणले जनाएको छ ।
तत्कालिन बीमा समिति प्राधिकरण बनेपछि विभिन्न प्रदेशमा कार्यालय खोलेको छ । अहिले प्राधिकरणले प्रदेशमा कार्यालय खोलेपछि प्रदेशबाट, अनलाइनबाट उजुरी पर्न थालेको बताइएको छ ।
उजुरी गरेपछि न्याय पाइन्छ भन्ने ठानेर, वित्तीय सचेतना बढेका कारण पनि उजुरी बढेको प्राधिकरणको दाबी छ ।
कतिपयले बीमा गर्दा पोलिसीमा भएका शर्तका बारेमा जानकारी नहुँदा पनि उजुरी भने बढ्ने गरेको छ । प्राधिकरणमा उजुरी परेपछि उजुरीको फरफारकलाई पनि छिटो छरितो बनाउँदै लगेको बताइएको छ ।
जीवन बीमा कम्पनीहरुमा ११० वटा उजुरी
आर्थिक बर्ष २०८०र८१ को असार मसान्तसम्म्मा जीवन बीमा कम्पनीहरुमा ११० वटा उजुरी परेका छन् ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत आवको असार मसान्तसम्मा नेशनल लाइफमा ७, नेपाल लाइफमा ९, लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी (नेपाल), मा ४, मेट लाइफमा १, एशियन लाइफमा ६, सूर्य ज्योति लाइफमा १२, सानिमा रिलायन्स लाइफमा ६, रिलायबल नेपाल लाइफमा ७, प्रभु महालक्ष्मी लाइफमा, ७, सरकारी स्वामित्वमा रहेका कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनीमा शून्य र आइएमई लाइफमा ९ वटा मुद्धा परेका छन् ।
निर्जिवन बीमा कम्पनीमा १३४ उजुरी
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक बर्षको असार मसान्तसम्ममा कुल १३४ वटा उजुरी परेका छन्।
प्राधिकरणको तथ्यांक अनुसार नेपाल इन्स्योरेन्समा १२, नेपाल ओरियन्टलमा २, नेशनल इन्स्योरेन्समा २, हिमालयन एभरेष्टमा १०, युनाईटेड अजोडमा २०, सिद्धार्थ प्रिमियममा १०, नेको इन्स्योरेनसमा १३, सगरमाथा लुम्बिनीमा १६, प्रभु इन्स्योरेन्समा ३, आइजीआई प्रुडेन्सियलमा ५, शिखर इन्स्योरेन्समा ७, एनएलजी इन्स्योरेन्समा १८, सानिमा जिआईसीमा ११ र सरकारी स्वामित्वमा रहेका कम्पनीमा ५ मुद्धा बीमितले चित्त नबुझेर बीमा प्राधिकरणमा उजुरी दिएका छन्।
जीवन भन्दा निर्जीवन बीमा कम्पनीमा उजुरी किन धेरै ?
प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले निर्जीवन बीमा कम्पनीविरुद्ध पर्ने उजुरी धेरै हुने गरेको बताए । ‘जीवन बीमामा सेवामा खासै समस्या हुँदैन ।
बीमा अवधि सकिएपछि वा बीमितको मृत्यु भएमा तोकिएअनुसार नै भुक्तानी हुन्छ ।कहिलेकाहीँ प्राविधिक समस्या भएमा जीवन बीमा कम्पनीविरुद्ध उजुरी आउने गर्छ ।
कुल उजुरीमा यसको हिस्सा कम छ,’ उनले भने, ‘प्राप्त उजुरीमा निर्जीवन बीमा कम्पनीविरुद्धको उजुरी नै धेरै हुने गरेको छ । यसमा क्षतिका आधारमा भुक्तानी दिने हो । सर्भेयरले निर्धारण गरेको क्षति, कम्पनीले दिने भुक्तानी बिमितलाई चित्त नबुझ्न सक्छ ।’
प्रवक्ता सुवेदीले अधिकांश उजुरीमा बिमितकै हितमा फैसला हुने गरेको बताए । उनले भने, ‘हालसम्म बीमितको पक्षमा धेरै फैसला भयो भन्दैमा आगामी दिनमा पनि यस्तै हुन्छ भन्ने होइन ।
वास्तविकताका आधारमा फैसला हुन्छ ।’ फैसलाको ट्रेन्ड हेर्दा बीमा कम्पनीबाट बिमितले उचित रूपमा न्याय नपाएको देखिने उक्त अधिकारीको भनाई छ ।
यता निर्जिवन बीमा कम्पनीका सिईओहरुले भने यो नियमित प्रक्रिया भएको बताँउछन् । ‘सर्भेयरले दिने प्रतिवेदन, प्रहरीको मुचुल्कालगायत आधारमा दाबी भुक्तानी दिने हो । त्यसमा कतिपय बिमितलाई चित्त नबुझ्न पनि सक्छ । सो कारण निर्जिवन बीमा कम्पनीहरुमा बढी बीमितहरुको गुनासो बढ्ने गरेको जिकिर गर्छन् ।
बीमा विज्ञहरु भने बीमा कम्पनीहरुको सकसपूर्ण बीमा दाबी भुक्तानीको कारण बीमितहरुलाई बीमा प्राधिकरणमा उजुरी लिएर जान बाध्य बनाएको बताँउदै आईरहेका छन् ।
प्रकाशित समय : १८:१८ बजे