nmb bank

गृहपृष्ठ हिमालयन बैंकको २४ करोड लाभांश वितरण हुन बाँकी

हिमालयन बैंकको २४ करोड लाभांश वितरण हुन बाँकी

हिमालयन बैंकको २४ करोड लाभांश वितरण हुन बाँकी

हिमालयन बैंक लिमिटेडको विगतका आर्थिक वर्षहरूमा वितरण गर्ने निर्णय गरे बमोजिम २३ करोड ७५ लाख रूपैयाँभन्दा बढी लाभांश वितरण गर्न बाँकी रहेको छ ।

कम्पनीले मंगलवार सूचना जारी गर्दै आर्थिक वर्ष २०५०/५१ देखि २०७४/७५ सम्मको नगद लाभांश मध्ये उल्लेखित नगद लाभांश भने वितरण हुन बाँकी रहेको जानकारी दिएको छ । यो लाभांश साविक सिभिल बैंकको समेत समावेश रहेको जानकारी समेत बैंकले दिएको छ ।

पाँच वर्ष पुरानो नगद लाभांश वितरण नभएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ । यसर्थ आगामी १ महिनाभित्र सम्बन्धित शेयरधनीहरूले बैंकको केन्द्रिय कार्यालय कमलपोखरी, काठमाडौंमा सम्पर्क राखी लाभांश बुझ्न बैंकले आग्रह गरेको हो ।

प्रकाशित समय : ११:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु