nmb bank

गृहपृष्ठ विश्वको कुल डिजिटल भुक्तानीको आधा भारतमा

विश्वको कुल डिजिटल भुक्तानीको आधा भारतमा

विश्वको कुल डिजिटल भुक्तानीको आधा भारतमा

विश्वको कुल डिजिटल भुक्तानीको आधा भारतमा मात्र हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

आरबीआईले जारी गरेको प्रतिवेदनमा विश्वमा हुने कुल डिजिटल भुक्तानीको ४८.५ प्रतिशत भारतमा मात्र हुने गरेको जनाइएको छ ।

आरबीआईले पछिल्ला ७ वर्षयता डिजिटल भुक्तानीको वृद्धिदर ५० प्रतिशत पुगेको जानकारी समेत दिएको छ ।

भारतीय समाचार संस्था एएननआईका अनुसार भारतमा ४ सय २८ लाख करोड भारतीय रुपैयाँ बराबरका १ खर्ब ६४ अर्ब पटक डिजिटल भुक्तानी भएका छन् ।

आरबीआईका अनुसार डिजिटल अर्थतन्त्रले भारतको कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत हिस्सा ओगट्दै आएको छ । सन् २०२६ सम्म यो दोब्बर हुने आरबीआईको अपेक्षा छ ।

 

प्रकाशित समय : ०९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु