गृहपृष्ठ प्रेस सेन्टर नेपालद्धारा प्रेस काउन्सिलको ध्यानाकर्षण
प्रेस सेन्टर नेपालद्धारा प्रेस काउन्सिलको ध्यानाकर्षण
प्रेस सेन्टर नेपालले पत्रपत्रिकाको वर्गीकरणमा असन्तुष्टि जनाउँदै प्रेस काउन्सिल नेपालमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतलाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रेस सेन्टरले वर्गीकरण सच्याउन आग्रह गरेको छ ।
ध्यानाकर्षणपत्र बुझाउन प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष कमल गिरी नेतृत्वको टोली काउन्सिलको कार्यालय पुगेको थियो ।
काउन्सिल अध्यक्ष बस्नेतले पत्रपत्रिकाको वर्गीकरणका विषयमा आएको गुनासोबारे जानकार भएको भन्दै त्यसमा चित्त नबुझाएकाहरुबाट पुनरावलोकन निवेदन संकलन कार्य जारी रहेको बताए ।
प्रकाशित समय : १४:५३ बजे