गृहपृष्ठ ‘सुशासन र स्वनियमनबाट सहकारीलाई प्रभावकारी बनाउनुपर्छ’
‘सुशासन र स्वनियमनबाट सहकारीलाई प्रभावकारी बनाउनुपर्छ’
मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले विभिन्न सूचकहरूको निरीक्षण तथा विश्लेषण गरी समस्याग्रस्त सहकारीको अवस्था पहिचान र समस्या समाधानका उपाय खोज्नुपर्ने बताए ।
राष्ट्रिय सहकारी बैङ्क लिमिटेडको २२औँ स्थापना दिवसका अवसरमा आज बर्दिवासमा आयोजित ‘सहकारीको वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयक प्रदेशस्तरीय गोष्ठी एवं सदस्य सम्मान कार्यक्रममा सहकारी क्षेत्रलाई मर्यादित, व्यावसायिक, समावेशी एवम् सहभागितामूलक बनाएर अगाडि बढाउनुपर्ने बताए ।
मुख्यमन्त्री सिंहले आवश्यक नियमन र दायित्वबोधका साथ सुशासन कायम गर्न ध्यान दिन सकिए आर्थिक समानता र सामाजिक न्यायको राष्ट्रिय लक्ष्य हासिल गर्न सहकारी क्षेत्रले महत्वपूर्ण योगदान गर्नसक्ने बताए । पछिल्ला दिनमा केही सङ्कटग्रस्त सहकारीका कारण समग्र सहकारी क्षेत्र बदनाम भएको भन्दै सुशासन र स्वनियमनमार्फत सहकारी मूल्य, मान्यता र आदर्श प्रवद्र्धन गरी विश्वसनीयता र प्रभावकारिता वृद्धि गर्न लाग्नुपर्नेमा जोड दिए ।
प्रकाशित समय : २०:१२ बजे




















