गृहपृष्ठ डेङ्गु परीक्षणका लागि छ सय सीमा शुल्क
डेङ्गु परीक्षणका लागि छ सय सीमा शुल्क
तनहुँको व्यास नगरपालिकाले डेङ्गु परीक्षणका लागि बढीमा रु छ सय मात्र शुल्क लिन निजी अस्पताललाई निर्देशन दिएको छ ।
नगरपालिकाले नगरभित्रका सबै निजी अस्पताल, स्वास्थ्य क्लिनिक, निजी प्रयोगशालालाई डेङ्गु परीक्षणका लागि बढीमा रु छ सय शुल्क लिन निर्देशन दिएको हो । प्रादेशिक डेङ्गु रोकथाम तथा नियन्त्रण निर्देशक समिति गण्डकी प्रदेशको गत असार २७ गते बसेको बैठकले सम्पूर्ण प्रयोगशालाका लागि डेङ्गुको दु्रत परीक्षणको शुल्क निर्धारण गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । “तोकिएको भन्दा बढी शुल्क लिएको पाइए कानुनबमोजिम कारबाही हुनेछ ।” पछिल्लो समय डेङ्गु सङ्क्रमणको जोखिम बढेकाले नगरपालिकाले सचेत रहन आग्रह गरेको छ ।
नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि विद्यालयस्तरमा अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । गत आर्थिक वर्षमा नगरपालिका डेङ्गुले ग्रस्त भएपछि नगरपालिकाले यसपटक विद्यालयस्तरमा अभिमुखीकरण थालेको हो ।
प्रकाशित समय : १८:३४ बजे