गृहपृष्ठ असार मसान्तसम्म पाकेको ब्याज साउनमा उठे पनि बैङ्कहरूले नाफा नोक्सानमा देखाउन पाउने
असार मसान्तसम्म पाकेको ब्याज साउनमा उठे पनि बैङ्कहरूले नाफा नोक्सानमा देखाउन पाउने

मौद्रिक नीतिको व्यवस्था अनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्षको उठ्न बाँकी ब्याजलाई पनि नाफा नोक्सानमा उल्लेख गर्न पाउने भएका छन् । मंगलबार क, ख, ग, घ वर्गका बैंक र पूर्वाधार विकास बैंक (निफ्रा) लाई समेत निर्देशन जारी गर्दै राष्ट्र बैंकले व्यवस्था कार्यान्वयन गर्न भनेको हो ।
आर्थिक वर्ष २०८०/८१ मा प्रोदभावी आधार (एक्कुरल बेसिस ) मा लेखांकन गरिएको ब्याज आम्दानीमध्ये २०८१ साउन मसान्तभित्र प्राप्त भएको ब्याज रकम बाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित नियमानुसारको आयकर तथा कर्मचारी बोनस कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफा (रिटर्न अर्निङ ) खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।
प्रकाशित समय : १७:०३ बजे