global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ कृषि समिति सभापतिको निर्वाचन कार्यक्रम सार्वजनिक

कृषि समिति सभापतिको निर्वाचन कार्यक्रम सार्वजनिक

कृषि समिति सभापतिको निर्वाचन कार्यक्रम सार्वजनिक

संघीय संसद् सचिवालयले प्रतिनिधिसभा मातहतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिको निर्वाचन यही साउन १५ गते गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखले समितिको रिक्त सभापतिको निर्वाचन आगामी मङ्गलबारका लागि निर्धारण गरेअनुरूप सचिवालयले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।

निर्वाचन कार्यक्रमअनुसार सो समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्को एक सदस्यको समर्थनसहित प्रस्ताव दर्ता गर्नुपर्नेछ ।

यस कार्यका लागि नयाँ बानेश्वरस्थित संसद् भवनको प्रतिनिधिसभा सचिवको कार्यकक्षमा सोमबार दिनको १ बजेदेखि ४ बजेसम्मको समय निर्धारण गरिएको प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीद्वारा हस्ताक्षरित निर्वाचन कार्यक्रममा उल्लेख छ ।

निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको दर्ता क्रमअनुसार सोमबार दिनको ४ः३० बजे उम्मेदवारको सूची प्रकाशित हुनेछ । समितिको मंगलबार दिउँसो ४ः ३० आरम्भ हुने बैठकमा प्रस्तावकले प्रस्तुत गरेको प्रस्तावलाई समर्थकले समर्थन गरेपछि निर्णयार्थ प्रस्तुत गरिने छ ।

यसअघि समिति सभापति रहेकी नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवा परराष्ट्रमन्त्री भएपछि नयाँ सभापति चयन गर्न लागिएको हो ।

प्रकाशित समय : १८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु