global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ सिमलताल दुर्घटनाः आज ४० किलोको चुम्बक प्रयोग गरी बेपत्ता बस खोजिने

सिमलताल दुर्घटनाः आज ४० किलोको चुम्बक प्रयोग गरी बेपत्ता बस खोजिने

सिमलताल दुर्घटनाः आज ४० किलोको चुम्बक प्रयोग गरी बेपत्ता बस खोजिने

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोसहित त्रिशूली नदीमा खसेका दुई बस बेपत्ता भएको आज १६औँ दिन पुगेको छ । हालसम्म २४ जना यात्रुको शव फेला परेको छ भने कम्तिमा ३८ जना बेपत्ता छन् । २४ जनाको शव फेला परेकोमा १९ जनाको मात्रै सनाखत भएको छ ।

भारतको नेशनल डिजास्टर रेस्क्यु फोर्स (एनडिआरएफ), नेपालको सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले संयुक्त रुपमा बेपत्ता बसको खोजी गरेपनि अहिलेसम्म फेला पार्न सकेको छैनन् ।

बेपत्ता बसको खोजी गर्न एनडिआरएफको टोली आएको पनि एक हप्ता भइसकेको छ । बस खोज्नका लागि भारतीय टोलीले ४० किलोको चुम्बक मगाएको छ । उक्त म्याग्नेटिक डिभाइसको प्रयोग गरी आज बिहान साढे ९ बजेदेखि बेपत्ता बसको खोजी गर्ने तयारी रहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

गत असार २८ गते काठमाडौँबाट गौर जाँदै गरेको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसलाई पहिरोले सोहोरेर त्रिशूलीमा खसेको थियो । तीन जनाले पौडिएर ज्यान जोगाए भने ६२ जना नदीमा डुबे ।

प्रकाशित समय : ०९:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु