global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ आईकाओको रिपोर्ट एक साताभित्र समितिमा पेस गर्न मन्त्रालयलाई निर्देशन

आईकाओको रिपोर्ट एक साताभित्र समितिमा पेस गर्न मन्त्रालयलाई निर्देशन

आईकाओको रिपोर्ट एक साताभित्र समितिमा पेस गर्न मन्त्रालयलाई निर्देशन

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आईकाओको रिपोर्ट एक हप्ताभित्र समितिमा पेस गर्न निर्देशन दिएको छ ।

बिहीबार बसेको समितिको बैठकले मन्त्रीलाई यस्तो निर्देशन दिएको हो ।

समितिका सभापति राजकिशोर यादवले पर्यटनमन्त्री बद्री पाण्डेलाई सन् २०२२ को आईकाओको रिपोर्ट एक हप्ताभित्रसमितिमा पेस गर्न निर्देशन दिएका हुन् ।

सभापति यादवले भने- ‘आईकाओको प्रतिवेदन समितिलाई पठाउन पर्यटन मन्त्रालयलाई पत्र नै लेखेको छ। अब समितिले पत्र लेख्न नपरोस् । अबको एक हप्ताभित्र समितिलाई प्रतिवेदन उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन गर्दछु । ईयू सेफ्टी लिस्टको विषयमा डेढ वर्ष भयो। अब हामीले रिजल्ट हेर्ने हो। अर्को बैठकमा आउँदा ईयू सेफ्टीलिस्टमा कति दिनमा हामी च्यानपेन हुन्छौं । तयार गरेर आउन मन्त्रीलाई निर्देशन गर्दछु।’

 

प्रकाशित समय : १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु