गृहपृष्ठ उपमेयर काफ्लेद्धारा काजु खेतीको अनुगमन
उपमेयर काफ्लेद्धारा काजु खेतीको अनुगमन

मोरङ पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख देवीमाया काफ्ले काजु खेतीमा पुगेकी छन् । अनुगमन समिति संयोजक काफ्लेले काजु खेती र काजुको विरुवा उत्पादनको अनुगमन गरेकी हुन ।
पथरी शनिश्चरे–३ का पूर्वशिक्षक भुवनेश्वर पोख्रेलले काजु खेती गरी प्रशस्त बिरुवा उत्पादन गरिरहेको समाचार सुनेपछि उप–प्रमुख काफ्ले आज सोको अनुगमन गर्न गरेकी हुन ।
अनुगमनको क्रममा पोख्रेलले भने ‘मैले यो काजुको विरुवा भारतबाट ल्याएको हुँ, ३ वर्षपछिदेखि फल्न सुरु गर्यो, अहिले आम्दानीको हिसावले पनि राम्रै गरिरहेको छ ।’ पोखरेलले नगरसँग समन्य गरी काजु खेतीलाई प्रोत्साहन गर्न काफ्लेलाई अनुरोध गरिन ।
कृषि शाखा प्रमुख सविना राई सहित पुगेकी काफ्लेले नगरमा सल्लाह गरेर काजु खेतीका लागि पनि प्रोत्साहित हुनेगरी कार्यक्रमहरू ल्याइने प्रतिवद्धता जाहेर गरिन।
प्रकाशित समय : १८:०० बजे