nmb bank

गृहपृष्ठ ग्लोकल टिन हिरो नेपाल २०२४ को दसौँ संस्करणको लागि आवेदन खुल्ला

ग्लोकल टिन हिरो नेपाल २०२४ को दसौँ संस्करणको लागि आवेदन खुल्ला

ग्लोकल टिन हिरो नेपाल २०२४ को दसौँ संस्करणको लागि आवेदन खुल्ला

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२४ को दसौँ संस्करणको लागि आवेदन खुलेको छ ।

ग्लोकल टिन हिरोले विगत एक दशकदेखि शैक्षिक क्षेत्र बाहेक किशोर किशोरीहरूमा रहेको प्रेरणा र उत्साहलाई उजागर गर्दै, उनीहरूको समाजमा गरेको प्रभावकारी कार्यलाई र अद्वितीय प्रतिभालाई पहिचान गराउन एक मञ्च प्रदान गर्दै आएको छ । ग्लोकल टिन हिरो नेपालले १३ देखि १९ वर्षका किशोर किशोरीहरूको पहल, सृजनशीलता र उत्साहलाई गहिरो रूपमा मान्यता दिँदै, उनीहरूलाई स्थानीय र वैश्विक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सशक्त बनाउँदै आएको संस्थाले जनाएको छ । हालसम्म नेपालका ९ जना किशोर किशोरीहरूलाई ग्लोकल टिन हिरो नेपालका रूपमा सम्मानित गरिएको छ ।

दक्षिण एसियाका अन्य देशहरूमा यसको पहुँच विस्तार गर्ने दृष्टिकोणका साथ, ग्लोकल टिन हिरो भारतमा २०१९ मा, श्रीलंकामा २०२० मा, र बंगलादेशमा २०२२ मा सुरु गरिएको थियो।प्रतिभावान् किशोर किशोरीहरूले https://glocalteenhero.com/nepal मार्फत निःशुल्क अनलाइन आवेदन भर्न सक्छन्। साथै, आफ्नो समुदायमा रहेका उत्कृष्ट किशोर किशोरीहरूको मनोनयन गर्न पनि सकिनेछ ।

पहिलो चरणमा कुल आवेदनहरूको पहल, प्रभाव र उपलब्धिका आधारमा ग्लोकल २०अन्डर२० को छनोट गरिनेछ। त्यसपछि उनीहरूको दृष्टिकोण, कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, मनोवृत्ति र दूरदर्शनको मापनको लागि अन्तर्वार्ता हुनेछ र ग्लोकल टिन हिरो नेपाल २०२४ को विजेता घोषणा गरिनेछ । यस वर्ष पनि ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२४ मा हुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गरिनेछ।

प्रकाशित समय : १७:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु