nmb bank

गृहपृष्ठ ५७ वटा नयाँ हिमाल आरोहण खुला गरिदै, यस्तो छ तयारी (सूचीसहित)

५७ वटा नयाँ हिमाल आरोहण खुला गरिदै, यस्तो छ तयारी (सूचीसहित)

५७ वटा नयाँ हिमाल आरोहण खुला गरिदै, यस्तो छ तयारी (सूचीसहित)

सरकारले थप ५७ वटा नयाँ हिमाल आरोहणका लागि खुला गर्ने भएको छ । पर्यटन विभाग निर्देशक राकेश गुरुङका अनुसार ५ हजार मिटरबाट माथि ६ हजार ५ सय मिटरसम्म उचाइका नयाँ हिमाल आराहणका लागि खुल्ला गर्न लागिएको हो।

उनका अनुसार पूर्व ताप्लेजुङदेखि पश्चिम डोल्पा र हुम्लासम्मका विभिन्न चुचुरो आरोहणका लागि खुला गर्न लागिएको छ । आरोहणयोग्य हिमाल क्रमशः खुला गर्दै जाने सरकारको नीति बमोजिम नयाँ हिमाल आरोहण खुला गर्न लागिएको हो । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा आरोहणयोग्य हिमाल क्रमशः खुला गरिने उल्लेख छ । बजेटको बुँदा नम्बर ७० मा यो नीति समेटिएको छ । सरकारले आरोहणलाई सगरमाथामा मात्र प्राथमिकता दिने गरेको र अन्य हिमाल प्रवद्र्धनमा ध्यान दिन नसकेको गुनासोबीच थप ५७ हिमाल आरोहण खुला गर्न लागिएको हो ।

नेपाल पर्वतारोहण संघसँगको सहकार्यमा थप हिमाल खुला गर्ने गरी सूची छनोट गरिएको उनले बताए । उनले भने, ‘हिमाल प्रवर्द्धनमा निजी क्षेत्रको अनुभव छ, त्यसकारण एनएमएसँगको सहकार्यमा खुला गर्ने हिमाल छनोट गरिएको हो,।

यसमा पहिलो आधार २०८०/८१ को नीति तथा कार्यक्रम र सरकारको ‘माइलस्टोन’ मा उल्लेख भएको कार्यक्रम पूरा गर्ने दायित्वलाई लिइएको उनले बताए ।

विभागले यी हिमाल आरोहणका लागि खुला गर्न लागिएको भन्दै धार्मिक, सांस्कृतिक र भौगोलिक प्रतिकूलताका कारण खुला गर्ने वा नगर्ने सम्बन्धमा कुनै दाबी विरोध भए उपलब्ध गराउन सरोकारवालासँग आह्वान गरेको छ । विभागले आफ्नो ईमेलमा एक साताभित्र आएका दाबी विरोधको सुनुवाइ गरिने र त्यस अवधिभित्र दाबी विरोध नआए कुनै कारबाही नहुने समेत बताएको छ । गुरुङका अनुसार यस्तो दाबी विरोध गर्न सम्बन्धित स्थानीय तहमा समेत पत्राचार गरिएको छ । ‘कुनै धर्म, जाति विशेषले कुनै हिमाललाई भगवानका रूपमा पनि पूजा गर्नुहुन्छ,’ उनले भने, ‘त्यसकारण हामीले स्थानीय तहमार्फत दाबी विरोध आह्वान गरेका हौं ।’

सरकारले अहिलेसम्म ४ सय १९ हिमाल चुचुरो आरोहणका लागि खुला गरेको छ । जसमा सर्वोच्च शिखर सगरमाथा सहित ८ हजार मिटर उचाइका सबै हिमाल पर्छन् । आरोहणमा खुला गरिएका हिमालमध्ये पाँच यसै आर्थिक वर्षबाट खुला गरिएका हुन् । यसरी खुला गरिएका हिमालमा जुगल हिमाल शृङ्खलाका पाँच चुचुरो छन् । जुन सिन्धुपाल्चोक जिल्लामा छन् ।

सरकारले ४ सय १९ हिमाल आरोहणमा खुला गरे पनि आरोहण भने केही सीमित हिमालमा मात्र केन्द्रित छ । पर्यटन विभागका अनुसार अहिले पनि आरोहण खुला भएका ६८ हिमाल चुचुरोमा मानव पाइला पुगेको छैन ।अहिलेसम्म आरोहण खुला भएकामध्ये १८ हिमाल पुनः बन्द गरिएको विभागले जनाएको छ ।

यी हुन् खुल्ला गरिन लागिएको नयाँ हिमाल सूची 

 

 

प्रकाशित समय : १७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु