nmb bank

गृहपृष्ठ साङ्गठनिक कार्ययोजना परिमार्जनसहित पारित

साङ्गठनिक कार्ययोजना परिमार्जनसहित पारित

साङ्गठनिक कार्ययोजना परिमार्जनसहित पारित

नेपाल कम्युनिष्ट पार्टी (एमाले)केन्द्रीय सङ्गठन विभागको अठारौँ बैठकले पार्टी शुद्धीकरण तथा सुदृढीकरणका काममा केन्द्रित हुनेगरी सङ्गठनसम्बन्धी वार्षिक कार्ययोजना पारित गरेको छ ।

पार्टीको केन्द्रीय कमिटीद्वारा जारी हुने वार्षिक कार्ययोजनाबाट निर्देशित भएर अन्तिम रूप दिनेगरी विभागको बैठकमा प्रस्तुत कार्ययोजना छलफलपछि परिमार्जनका साथ पारित गरिएको विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए । यही असार २५ र २६ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रमुख आतिथ्यमा भएको विभागको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शङ्कर पोखरेल उपस्थित थिए ।

एमालेमा गत जेठसम्ममा नेकपा (एमाले)का ६६ जिल्ला, तीन सय ७१ पालिका र दुई हजार एक सय ९९ वडा अधिवेशन सम्पन्न भइसकेका छन् । त्यसैगरी गैरभौगोलिक १० जिल्ला, एक सय १५ इलाका र एक सय ६६ शाखा तहका पार्टी कमिटीका अधिवेशन सम्पन्न भइसकेका छन् । एमालेको बुधबार सम्पन्न सचिवालयको बैठकले आगामी कात्तिकभित्र बाँकी ११ जिल्लाको अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ ।

 

प्रकाशित समय : १७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु