global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ लोकतन्त्रको बर्काे ओढेर भोको पेट अघाउन्न- कांग्रेस उपसभापति गुरुङ

लोकतन्त्रको बर्काे ओढेर भोको पेट अघाउन्न- कांग्रेस उपसभापति गुरुङ

लोकतन्त्रको बर्काे ओढेर भोको पेट अघाउन्न- कांग्रेस उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अस्थिर राजनीतिका कारण सरकार छिटो परिवर्तन भइरहँदा जनतामा छाएको निराशालाई आशामा रुपान्तरण गर्न प्रमुख शक्ति एक ठाउँमा उभिने वातावरण बनेको प्रतिक्रिया दिए ।

उनले भने “बारम्बार सरकार परिवर्तन हुँदा देश विकास र जनतालाई राज्यका तर्फबाट उपलब्ध गरिनुपर्ने सेवा व्यवस्थित हुन सकेन । विकास–निर्माणले गति लिन सकेन, त्यसकारण यो पहल भयो ।”

कांग्रेस र एमालेबीच हुन लागेको सत्ता सहकार्य जनहितका लागि भएको तर्क गर्दै उनले यसबाट पनि जनताको निराशालाई आशामा रुपान्तरण गर्न सकिएन भने अर्काे विकल्प हुन सक्दैन भने । लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र भनिरहँदा त्यसभित्र सेवाप्रवाह पनि समावेश हुन्छ भन्दै नेता गुरुङले भोको मानिसलाई लोकतन्त्रको बर्काे ओढाएर उ नअघाउने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का माधव सापकोटाले कांग्रेस र एमालेबीच भएको सहमतिको आधिकारिक विवरण सार्वजनिक नभएकामा प्रश्न गर्ने । उनले भने “राजनीतिक स्थायित्व र संविधान संशोधनको कुरा आएको छ । दोस्रो, दलको नेतृत्वसँगै सरकारमा आलोपालो गर्ने सहमतिले स्थायित्व प्राप्त हुँदैन ।”

संविधान संशोधन गर्न दुवै दल मिल्दा प्रतिनिधिसभामा सङ्ख्या पुगे पनि राष्ट्रियसभामा नपुग्ने वास्तविकता प्रस्तुत गर्दै उहाँले यो विशुद्ध सङ्ख्यात्मक र कानुनी विषय मात्र नभई आम सहमति र सहकार्यसँग जोडिएको बताए । असल नियतका साथ संविधान संशोधनको विषय उठाइएको हो भने सहमति सार्वजनिक गरेर त्यसमा बहस गर्न आवश्यक भएको उनि बताउछन् ।

संवैधानिक, कानुनी र राजनीतिक तथा संसदीय अभ्यासका हिसाबले दुवै ठूला शक्ति एकै ठाउँमा पुग्ने भनेको कुनै न कुनै रूपमा निरङ्कुशतातर्फ जान सक्छ भनी आशङ्का गर्न सकिने स्थान रहेको सांद सापकोटाले बताए । नले भने, “संसदीय अभ्यास र नजिर, संवैधानिक कानुन र राजनीतिका हिसाबले कांग्रेस र एमालेबीचको सहयात्रा स्वाभाविक र प्राकृतिक देखिन्न ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता मनिष झा त्रिशङ्कु सदनमा सरकार गठनका लागि विभिन्न गठबन्धन बन्नु स्वाभाविक भएको ठान्नुहुन्छ । उनले भने, “अमुक पार्टीसँग सहमति हुँदा स्वाभाविक, अर्काेसँग हुँदा अस्वाभाविक भन्ने हुँदैन । नयाँ सरकारका लागि सहकार्य गर्ने भनिएका दलबीचमा पनि राजनीतिक आदर्श र सिद्धान्त मिल्दैन ।” दुईवटा राजनीतिक दल मिलेर सृजना भएको परिस्थिति उपयुक्त राजनीतिक विकल्प नभएको बताउँदै सहप्रवक्ता झाले दुवै शक्ति लोकतन्त्रप्रति इमान्दारमा मात्र देशको भलो हुने तर्क गरे ।

 

प्रकाशित समय : १५:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु