nmb bank

गृहपृष्ठ मेसीको काखमा बच्चा यमलको भाइरल तस्विर कसरी खिचिएको थियो ?

मेसीको काखमा बच्चा यमलको भाइरल तस्विर कसरी खिचिएको थियो ?

मेसीको काखमा बच्चा यमलको भाइरल तस्विर कसरी खिचिएको थियो ?

लियोनेल मेसी र फुटबल जगतका नयाँ स्टार लामिन यमलको पुरानो तस्विरको सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।

सन् २००७ मा अर्जेन्टिनाका युवा स्टार फुटबलर लियोनल मेसी बार्सिलोना क्लबको क्याम्प नोउको ड्रेसिङ रुममा एउटा च्यारिटी क्यालेन्डर फोटोसुटका लागि एक बच्चासँग पोज दिएका थिए । त्यतिबेला मेसी २० वर्षका थिए । त्यो समय मेसी अल टाइमको महान खेलाडी बन्ने बाटोको शुरुवाती चरणमा थिए ।

तर सायद त्यतिबेला फोटोग्राफरलाई मेसीको काखमा रहेको बच्चाले पनि एक दिन फुटबलको दुनियाँमा ख्याति कमाउनेछ भन्ने कल्पना थिएन ।

उक्त तस्बिरमा मेसीले स्पेनिस खेलाडी लामिन यामललाई काखमा राखेको देखिन्छ । आज करिब १६ वर्षपछि युरो च्याम्पियनसिपबाट यमल विश्व फुटबल जगतमा नयाँ सुपर स्टारको रुपमा उदाएका छन् । उनको उत्कृष्ट प्रदर्शनका कारण स्पेन युरोकपको फाइनलमा पुगेको छ ।

१६ वर्ष ३६२ दिनको उमेरमा यमल युरो कपको इतिहासमा सबैभन्दा कान्छो गोलकर्ता बनेका छन् । यमलका बुबाले मेसी र यमलको यो तस्विर इन्स्टाग्राममा सेयर गरेका छन् । उनले लेखेका छन्-दुई महान् व्यक्तिको सुरुवात । यी फोटोहरू एसोसिएटेड प्रेसका लागि स्वतन्त्र फोटोग्राफरको रूपमा काम गर्ने जोन मोनफोर्टले खिचेका हुन् ।

बालबालिकाका लागि काम गर्ने राष्ट्रसंघीय संस्था युनिसेफले स्पेनको मातारो सहरमा च्यारिटी लटरी आयोजना गरेको बेला यो फोटोसुट गरिएको उनले बताए । यमलको परिवार यहाँ बस्थे ।

मोनफोर्टका अनुसार, यमलको परिवार क्याम्प नोउमा आयोजित च्यारिटी लटरीमा भाग लिइरहेको थियो जहाँ मैले मेसीसँग यमलको यो फोटो खिचेँको थिए । फोटोग्राफर मोनफोर्टले यो असाइनमेन्ट सजिलो नभएको बताउँछन् किनभने मेसी लजालु व्यक्ति हुन् ।

उनी लकर कोठाबाट बाहिर निस्कदै थिए र संयोगवश अर्को लकर कोठामा पसे जहाँ प्लास्टिकको टब पानीले भरिएको थियो । त्यसमा एक बच्चा थियो । मेसीलाई बच्चालाई कसरी समात्ने भन्ने पनि थाहा थिएन ।

यस अवसरका केही तस्विरहरू छन् जसमा मेसीसँगै यमलकी आमा पनि देखिएका छन् । मेसी जस्तै, यमलले पनि बार्सिलोना क्लबबाट फुटबल खेले, जहाँ उनी क्लबको सबैभन्दा कान्छो गोलकर्ता बने । उनी स्पेनिस लिगमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी पनि बनेका छन् ।

मोनफोर्टले भने, गत हप्ता तस्बिर भाइरल हुन थालेपछि मात्र उनले बच्चा यमल भएको थाहा पाए । उनले भने, यस्तो सनसनी सृजना गरेको कुरासँग जोडिन पाउनु निकै रोमाञ्चक छ । साँच्चै भन्नुपर्दा यो एकदमै सुखद अनुभूति हो ।

प्रकाशित समय : १४:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु