nmb bank

गृहपृष्ठ कृषि विकास सहकारीका संचालकसहित १२ जनाविरुद्ध मुद्दा

कृषि विकास सहकारीका संचालकसहित १२ जनाविरुद्ध मुद्दा

कृषि विकास सहकारीका संचालकसहित १२ जनाविरुद्ध मुद्दा

कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका संचालकसहित १२ जनाविरुद्ध करिब एक अर्ब रकम अपचलन गरेको आरोपमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

सहकारीले बचतकर्ताको रकम विभिन्न व्यवसायहरूमा लगानी गरी ठगी गरेको आरोप छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तनहुँको ब्यास नगरपालिका–११ घर भएका र काठमाडौंको गोकर्ण बस्ने सहकारीका अध्यक्ष तेजविक्रम थापा, उनकी श्रीमती सजना राजकर्णीकार, तथा सदस्यहरू भीमसेन महर्जन र सञ्जय सापकोटालाई पक्राउ गरी जिल्ला प्रहरी परिसर ललितपुरलाई बुझाएको थियो।

२५ दिन लामो अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले प्रतिवेदन पेश गरेपछि ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । पक्राउ परेका चार बाहेकलाई फरार प्रतिवादीको सूचीमा राखिएको छ। फरार प्रतिवादीमा सहकारीका उपाध्यक्ष ५१ वर्षीय उमेशजंग थापा, सचिव ४२ वर्षीय कृष्णबहादुर घर्ती क्षेत्री, सदस्य ४२ वर्षीय विष्णुकुमार महत, लेखा सुपरीक्षण समिति संयोजक ३५ वर्षीय पदम मास्की, लेखा सुपरीक्षण समिति सदस्य ४४ वर्षीय राज श्रेष्ठ र ४२ वर्षीय विकेश ताम्राकार र महाप्रबन्धक ३६ वर्षीय सन्तोषराज भण्डारी छन्।

सहकारीका कोषाध्यक्ष ४७ वर्षीय निरेश थापा मगरको मृत्यु भइसकेकाले उनको हकमा बिगोको मात्रै मागदाबी गर्दै मुद्दा दर्ता भएको छ । सहकारीमा ५९१ बचतकर्ताको ९६ करोड २ लाख ६१ हजार ६४९ रुपैयाँ अपचलन भएको भन्दै ७२ वटा जाहेरी परेका थिए।

सोही बमोजिमको बिगो, जरिवाना र कैद मागदाबी गर्दै उनीहरूविरुद्ध मुद्दा दर्ता भएको हो ।

प्रकाशित समय : १३:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु