nmb bank

गृहपृष्ठ सांसद थापालाई मातृशोक

सांसद थापालाई मातृशोक

सांसद थापालाई मातृशोक

भक्तपुर क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद एवं नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापालाई मातृशोक परेको छ ।

सांसद थापाकी आमा ८३ वर्षीया अम्बिका थापाको मध्यपुर अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको नेपाली कांग्रेस भक्तपुरका जिल्ला सचिव सुशील बस्नेतले जानकारी दिए । लामो समयदेखि दम तथा निमोनियाको उपचार गराइरहेकी उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

आर्यघाटमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेताहरू पूर्णबहादर खड्का, गगन थापालगायत केन्द्रीय नेताले श्रद्धाञ्जलि अर्पण गरेको कांग्रेस सचिव बस्नेतले जानकारी दिए । स्वर्गीय थापाको तीन छोरा र एक छोरी छन् ।

 

प्रकाशित समय : १२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु