nmb bank

गृहपृष्ठ आरबीबी सेक्युरिटिजले सुरु गर्‍यो ब्रोकर कारोबार

आरबीबी सेक्युरिटिजले सुरु गर्‍यो ब्रोकर कारोबार

आरबीबी सेक्युरिटिजले सुरु गर्‍यो ब्रोकर कारोबार

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित सहायक कम्पनी आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेडको धितोपत्र व्यवसायको व्यावसायिक कारोबार (ब्रोकर) बुधबारबाट सञ्चालनमा आएको छ।

धितोपत्र दलालको रुपमा ग्राहकहरुलाई उच्चस्तरीय ब्रोकरेज सेवाहरु प्रदान गर्ने लक्ष्य राखेका आर.वि.वि. सेक्युरिटिज कम्पनी लिमिटेडको कुल चुक्ता पुँजी २० करोड रुपैयाँ छ।

सीमित कार्य गर्ने धितोपत्र दलालको रुपमा नेपाल धितोपत्र बोर्डबाट २०८० साउन ३२ मा कम्पनीले स्वीकृति प्राप्त गरेको थियो। सोसँगै आरबीबी सेक्युरिटिज कम्पनीले वि.सं. २०८१ माघ ३ मा नेपाल स्टक एक्सचेन्जबाट सदस्यता नम्बर ९७ प्राप्त गरेको थियो।

त्यसैगरी सीडीएस एन्ड क्लियरिङ्ग लिमिटेबाट २०८१ माघ २३ मा राफसाफ सदस्यता समेत प्राप्त गरिसकेको छ। ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ कारोबार सञ्चालनमा ल्याएको कम्पनीले धितोपत्र कारोबारसहित अन्य विशिष्टीकृत सेवा प्रदान गर्ने उद्देश्य राखेको छ।

कम्पनीले प्रारम्भिक चरणमा ग्राहकहरुलाई धितोपत्र कारोबार सेवा प्रदान गर्ने र भविष्यमा नियामक निकायबाट अनुमति प्राप्त गरी मार्जिन, थोक कारोबार तथा अन्य पुँजीबजारसम्बन्धी सेवाहरु प्रदान गर्नेछ।

दरवारमार्ग, काठमाडौंमा रहको कार्यालयबाट कम्पनीले हाल आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ।

प्रकाशित समय : १२:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु