nmb bank

गृहपृष्ठ १० महिनामा नै मौलाकाली केबलकारले गर्यो ९ करोड ८० लाख रुपैयाँको व्यापार

१० महिनामा नै मौलाकाली केबलकारले गर्यो ९ करोड ८० लाख रुपैयाँको व्यापार

१० महिनामा नै मौलाकाली केबलकारले गर्यो ९ करोड ८० लाख रुपैयाँको व्यापार

मौलाकाली केबलकार व्यापारले १० महिनामा नै करिब १० करोडको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले आफ्नो व्यापारमा उल्लेख्य सुधार गरेको छ । सन् २०२३ मा २ करोड ४० लाख रुपैयाँको मात्र व्यापार गरेको थियो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान केबलकार प्रयोग हुँदै आइरहेको छ ।

केवलकार मार्फत मौलाकाली मन्दिरसम्म ५ मिनेटमै पुग्नसकिनेछ। करिब दुई किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डोला रहेका छन् । हाल केबलकारले दुइतर्फी मूल्य ५५० कायम गरिएको छ । केबलकारले ३ देखि ४ फिटसम्मका बालबालिकाका लागि ३३०, विद्यार्थीहरुको लागि ४१५ जेष्ठ नागरिकहरुको लागि ४१५ र फरक क्षमता भएकाहरुको लागि २७५ को टिकट दर तोकेको छ । केबलकारले ८० वर्षमाथिका बृद्धबृद्धा र ३ फिटभन्दा कमका बच्चाबच्चीहरुको लागि निःशुल्क सेवा दिदै आइरहेको छ ।

प्रकाशित समय : ०८:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु