nmb bank

गृहपृष्ठ टीभीएस एनटर्क ‘वूमन ईन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’ को विजेता प्रजिना गुरुङ्ग घोसित

टीभीएस एनटर्क ‘वूमन ईन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’ को विजेता प्रजिना गुरुङ्ग घोसित

टीभीएस एनटर्क ‘वूमन ईन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’ को विजेता प्रजिना गुरुङ्ग घोसित

निर्भया फाउण्डेसनद्वारा आयोजितटीभीएस एनटर्क ‘वूमन ईन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’को विजेता घोषणा भएको छ । ‘वूमनईन कन्सर्ट’अत्याधिक रुचाईएको कार्यक्रम हो जहाँ महिला गायिका तथा संगीतकारहरुलाई सशक्त बनाईन्छ ।

यो वर्ष प्रजिना गुरुङ्गले शीर्ष उपाधि हातपारेकी छन् । उनले टीभीएस एनटर्क १२५ सँगै नगद रु १ लाखजितेकि छन् भने निर्भया फाउण्डेसनकोवूमन ईन कन्सर्टसँग दुई गीत, एक म्युजिक भिडियो र एक वर्षको सम्झौता गरेकी छन् । त्यसैगरीउक्तप्रतियोगितामा रिदम राईले दोश्रो स्थानप्राप्त गरेका छन् भने सुजिता डङ्गोल तेश्रो भएकीछन् ।

वूमनईन कन्सर्ट २०२४को शिर्षप्रायोजक र मुख्यलगानीकर्ताको रूपमा रहेको टीभीएसएनटर्कले उदियमान महिला कलाकारहरूलाई प्रवद्र्धन गर्ने, उनीहरुलाईप्लेटफर्मप्रदान गर्ने समर्थन गर्न प्रतिबद्ध छ। टीभीएस र वूमनईन कन्सर्टको यो सहकार्यले कम्पनीको संगीतमामहिलाहरूकालागि सुरक्षित ठाउँ र समानअवसरहरू सिर्जना गर्न प्रतिबद्धतालाई जोड दिएको छ । रक ब्यान्ड अभया र स्टीम इन्जिनकाप्रख्यातगायिकातथागीतकार अभया सुब्बाद्वारा स्थापनागरिएको वूमन ईन कन्सट, सन् २००३ मा स्थापनाभएदेखि नै महिला संगीतकारहरूको लागिकामगर्दै आएको छ ।

काठमाडौं वल्र्ड स्कुलमाआयोजित यस वर्षको कार्यक्रममा १,००० भन्दा बढी सहभागीहरूको उत्साहजनक सहभागिताथियो, सबैले संगीतको माध्यमबाट महिला सशक्तिकरणको भावनामनाउनएकसाथआएकाथिए। यो ट्यालेन्ट हन्टको दोश्रो संस्करण हो जहाँमहिला संगीतकार तथागायिकाहरुलाई तिनमहिनाको बृहत् प्रशिक्षण दिँदै उनीहरुलाईसंगीतउद्योगमा फस्टाउन आवश्यक सीप र आत्मविश्वास प्रदानगरिन्छ । टीभीएसले महिलासशक्तिकरणका पहलहरूलाई सधैं समर्थन गर्दै आएको छ र भविष्यमापनि यस्ता पहलहरूलाई समर्थन गर्न तत्पर छ ।

प्रकाशित समय : १९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु