nmb bank

गृहपृष्ठ जनमत पार्टीका राष्ट्रिय सचिवसहित ७ नेता निलम्बित

जनमत पार्टीका राष्ट्रिय सचिवसहित ७ नेता निलम्बित

जनमत पार्टीका राष्ट्रिय सचिवसहित ७ नेता निलम्बित

जनमत पार्टीले राष्ट्रिय सचिवसहित सात जना नेतालाई निलम्बन गरेको छ ।

असार २० गते बसेको पार्टी केन्द्रीय अनुशासन समितिको बैठकबाट आन्तरिक छानबिन समितिको प्रतिवेदनमाथि विचार गर्दै उक्त निर्णय गरेको राष्ट्रिय सचिव अनिता कुमारी मण्डलले जानकारी दिइन् ।

निलम्बनमा पर्ने राष्ट्रिय सचिव विशेश्वरप्रसाद वीपी साह, केन्द्रीय सदस्य रामेश्वर यादव, मिर्चैया नगरपालिकाका सचिव कृष्णचन्द्र साह, पूर्वजिल्ला अध्यक्ष अरविन्द सहनी, साधारण सदस्य धिरज कामती, वडा प्रत्याशी अनिता कुमारी यादव र पूर्व नगरपालिका सचिव दिपनारायण यादव छन् ।

उनीहरुलाई ३ महिनाका लागि निलम्बन गरिएको हो । निलम्बन आजदेखि लागू हुने पार्टीले जनाएको छ ।

प्रकाशित समय : १७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु