nmb bank

गृहपृष्ठ धान रोप्ने क्रममा चट्याङ लागेर २ महिलाको मृत्यु

धान रोप्ने क्रममा चट्याङ लागेर २ महिलाको मृत्यु

धान रोप्ने क्रममा चट्याङ लागेर २ महिलाको मृत्यु

बाँकेमा धान रोप्ने क्रममा चट्याङ लागेर २ महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुरका ३२ वर्षीया सम्झना विक र ३२ वर्षीया वसन्ती उपाध्याय रहेका छन्।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार गाउँमा धान रोप्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते दुवैको उपचारका क्रममा ज्यान गएको हो।

चट्याङ लागेर ३० वर्षीया सलिना विक गम्भीर घाइते भएकी छिन्। उनको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित समय : १४:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु