nmb bank

गृहपृष्ठ नुवाकोटका ७० जना विद्यार्थीलाई शङ्खवाद्य तालिम

नुवाकोटका ७० जना विद्यार्थीलाई शङ्खवाद्य तालिम

नुवाकोटका ७० जना विद्यार्थीलाई शङ्खवाद्य तालिम
नेपाल शान्ति एवं विकास केन्द्रद्वारा सञ्चालित नुवाकोट जिल्लाको पहिलो सामुदायिक रेडियो ‘नुवाकोट एफएम’ ले  विद्यालयस्तरका विद्यार्थीलाई शङ्खवाद्य तालिम दिने भएको छ ।
एक सय छ दशमलव आठ मेगाहर्जमा प्रसारण हुने सो प्रसारण केन्द्रले आफ्नो १६औँ साधारणसभाका अवसरमा आगामी साउन ७ देखि १२ गतेसम्म करिब ७० बालबालिकालाई तालिम दिने केन्द्रका सचिव श्रीराम अधिकारीले जानकारी दिए । विभिन्न विद्यालयका आठदेखि १५ वर्ष उमेर समूहका विद्यार्थी तालिममा सहभागी हुनेछन् ।
नुवाकोट एफएमले गत वर्ष मङ्सिर ६ गते हरिबोधिनी एकादशीका अवसरमा बागमती प्रदेशस्तरीय शङ्खवाद्य प्रतियोगिता आयोजना  गरेको थियो । “नयाँपुस्तालाई शङ्खको महत्त्व र यसलाई बजाउने तरिकाबारे ज्ञान दिने उद्देश्यले तालिम आयोजना हुन लागेको हो,” स्टेसन म्यानेजरको पनि जिम्मेवारी सम्हालेका अधिकारीले भने ।

प्रकाशित समय : १३:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु