nmb bank

गृहपृष्ठ नेपालगञ्जको पुँजीगत खर्च ७० प्रतिशत

नेपालगञ्जको पुँजीगत खर्च ७० प्रतिशत

नेपालगञ्जको पुँजीगत खर्च ७० प्रतिशत

नेपालगञ्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०८१ मा पुँजीगततर्फ ७० प्रतिशत खर्च गरेको छ ।

नेपालगञ्ज उपमहानगरका लेखा प्रमुख लोकेन्द्र रावतका अनुसार चालु आवको कुल बजेटमध्ये एक अर्ब ८५ करोड ४६ लाख ९० हजार ६६५ रुपियाँ व्ययतर्फको बजेट रहेकोमा असार २४ गतेसम्म एक अर्ब ४७ करोड दुई लाख १५ हजार ६१७ रुपियाँ मात्रै खर्च भएको छ ।

सो खर्चमध्ये चालुतर्फ ८३.४७ प्रतिशत र पुँजीगततर्फ ७०.१८ प्रतिशत गरी जम्मा ७९.२७ प्रतिशत खर्च भएको लेखा प्रमुख रावतले जानकारी दिए ।

यसैगरी, चालु आवमा एक अर्ब ८५ करोड ४६ लाख ९० हजार ६६५ रुपियाँ रहेकोमा आर्थिक वर्षको अन्त्यसम्ममा एक अर्ब ७५ करोड ४७ लाख एक हजार ३५९ रुपियाँ मात्रै प्राप्त भएको छ ।

स्थानीय तहहरुमा असार २४ गतेदेखि आर्थिक कारोबार बन्द भएको छ ।

प्रकाशित समय : १२:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु