nmb bank

गृहपृष्ठ तालमा फसेका चार जनाको उद्धार, एक मृत अवस्थामा फेला

तालमा फसेका चार जनाको उद्धार, एक मृत अवस्थामा फेला

तालमा फसेका चार जनाको उद्धार, एक मृत अवस्थामा फेला

कास्कीको पोखरा महानगरपालिका–२७ स्थित दिपाङ् तालको पानी बस्तीमा पस्दा एकतले घर डुबेर फसेका एकै परिवारका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले गुल्मी जिल्ला घर भई हाल पोखरा बस्दै आएका ५४ वर्षीय रामबहादुर अधिकारी, ३९ वर्षीया सृजना अधिकारी, ६ वर्षीय आयुष अधिकारी र ४ वर्षीया आयुष्का अधिकारीको उद्धार गरिएको जानकारी दिए।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले उनीहरुको सकुशल उद्धार गरेको उनको भनाइ छ ।

 

प्रकाशित समय : १२:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु