nmb bank

गृहपृष्ठ उत्तर प्रदेशको उन्नावमा सडक दुर्घटना, १८ जनाको मृत्यु

उत्तर प्रदेशको उन्नावमा सडक दुर्घटना, १८ जनाको मृत्यु

उत्तर प्रदेशको उन्नावमा सडक दुर्घटना, १८ जनाको मृत्यु

उत्तर प्रदेशको उन्नावमा भएको सडक दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । आगरा–लखनउ एक्सप्रेस वेमा उन्नावबाट आइरहेको स्लीपर बस दूधको ट्यांकरसँग ठोक्किएको थियो । यस घटनामा बसमा सवार १८ जनाको मृत्यु भएको छ । अरू १९ जना घाइते भएका छन् । दुर्घटना उन्नावको गढा गाउँ नजिकै भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा १४ पुरुष, २ महिला र २ बालबालिका रहेका छन् ।

प्रहरीका अनुसार ट्यांकरलाई ओभरटेक गर्ने क्रममा बस दुर्घटनामा परेको थियो । ट्यांकरसँग ठोक्किएपछि बस एक्सप्रेस वेमा पल्टिएको थियो । जसका कारण बसमा सवार धेरै यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।

बस बिहारको सीतामढीबाट मोतिहारी हुँदै दिल्ली गइरहेको थियो । घाइतेहरूलाई उपचारका लागि उन्नावको बांगरमाउ सीएचसीमा पठाइएको छ । केही गम्भीर घाइते यात्रुलाई उपचारका लागि लखनउ लगिएको छ ।

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जिल्ला प्रशासनलाई घटनास्थलमा पुग्न र राहत कार्यलाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिएका छन् । उन्नाव जिल्ला मजिस्ट्रेट गौरांग राठीका अनुसार दुर्घटना बिहान ५ः १५ बजे भएको थियो ।

यो एक निजी स्लीपर बस थियो । प्रारम्भिक अनुसन्धानमा बसको गति उच्च रहेको देखिएको थियो । दुर्घटनामा ज्यान गुमाउनेमा उत्तर प्रदेश र बिहारका धेरै थिए ।

प्रकाशित समय : १२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु