nmb bank

गृहपृष्ठ बसको ठक्करबाट घाइते आमाछोराको मृत्यु

बसको ठक्करबाट घाइते आमाछोराको मृत्यु

बसको ठक्करबाट घाइते आमाछोराको मृत्यु

रुपन्देहीको जानकीनगरमा बसको ठक्करबाट घाइते भएका आमाछोराको उपचारको क्रममा मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गुल्मीदरबार गाउँपालिका–६ निवासी ३० वर्षीय रुपमा खत्री र उनका ३ वर्षीय छोरा प्रिन्स खत्रीको मृत्यु भएको हो। उनीहरु तिलोत्तमा नगरपालिका–२ स्थित शंकरनगरमा बस्दै आएका थिए।

आमाको मणीग्रामस्थि क्रिमशन अस्पताल र छोराको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बाटो काट्ने क्रममा असार २१ गते उनीहरुलाई लु २ ख ६८८८ नम्बरको बसले ठक्कर दिएको थियो।

प्रकाशित समय : ११:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु