nmb bank

गृहपृष्ठ युक्रेनलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने नेटो बैठकमा बाइडेनको घोषणा

युक्रेनलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने नेटो बैठकमा बाइडेनको घोषणा

युक्रेनलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने नेटो बैठकमा बाइडेनको घोषणा

वासिङ्टन डिसीमा भएको अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोको बैठकमा राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दर्जनौँ हवाई रक्षा प्रणाली उपलब्ध गराउने बताएका छन् । नेटो बैठकमा आफ्नो सम्बोधनमा बाइडेनले अमेरिका र अन्य चार पश्चिमी देशले हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराए आगामी महिनासम्म युक्रेनलाई दिइने बताए।

अमेरिकी अधिकारीहरूले यस प्याकेजमा प्याट्रियट मिसाइल प्रणाली, अन्य रणनीतिक वायु रक्षा प्रणालीहरू समावेश हुने बताएका छन्। अमेरिकाबाहेक जर्मनी, नेदरल्याण्ड, रोमानिया र इटालीले हवाई प्रतिरक्षा प्रणाली आपूर्ति गर्नेछन् ।

यस वर्षको अन्त्यसम्ममा हवाई प्रतिरक्षा प्रणालीका विषयमा थप निर्णय लिइने र यसमा बेलायत, क्यानडा, नर्वे र स्पेन समावेश हुनेछन् । रुसको पछिल्लो मिसाइल आक्रमणपछि युक्रेनी अधिकारीहरूले मंगलबार थप हवाई रक्षा प्रणाली उपलब्ध गराउन अपिल गरेका छन्।

युक्रेनको बाल अस्पतालमा मिसाइल खस्दा ३६ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन्

प्रकाशित समय : १०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु