nmb bank

गृहपृष्ठ रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका–६ स्यालामा तरकारी लिनका लागि गएको रा १ ख २१३१ नम्बर मिनी ट्रक दुर्घटना हुँदा चालक महेश थापाको मृत्यु भएको हो ।

रुन्टीगढी गाउँपालिका स्यालस्थित सावडाँडादेखि डुब्रिङ हुँदै होलेरी जोड्ने भित्री सडक खण्डमा तरकारी लिएर गएको समयमा मङ्गलवार राती साढे ११ बजेको समयमा गाडी फर्काउने क्रममा दुर्घटना हुँदा रुन्टीगढी गाउँपालिका–६ निगालपानी निवासी अन्दाजी ३२ वर्षीय महेश थापा रहेको इलाका प्रहरी कार्यालय होलेरीका इन्चार्ज देवीप्रसाद गैरेले जानकारी दिएका छन् ।

दुर्घटनामा सोही ठाउँ निवासी ८ वर्षीय बालक सुजन रावत सामान्य घाइते भएका छन् । इन्चार्ज गैरेका अनुसार घटना बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित समय : १०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु