nmb bank

गृहपृष्ठ बौद्धमा गुडिरहेको बसको इन्जिन पड्किँदा एकजना घाइते

बौद्धमा गुडिरहेको बसको इन्जिन पड्किँदा एकजना घाइते

बौद्धमा गुडिरहेको बसको इन्जिन पड्किँदा एकजना घाइते

बौद्धमा गुडिरहेको बसको इन्जिन पड्किएर एक जना घाइते भएका छन्।

बौद्ध पिपलबोट स्थित सडक खण्डमा बिहान ७:५० बजेतिर बसको इन्जिन पड्किएको हो।

गुडिरहेको प्र.३.०१.००५ख ९८६६ नम्बरको बाबा गोकर्णेश्वर बसको एक्कासी इन्जिन पड्किँदा बसमा सवार दोलखा घर भई हाल काठमाडौँ माकलबारी बस्ने ५४ वर्षीय दावा लामा घाइते भएका प्रहरीले जनाएको छ।

घाइते लामाको अर्थपेडिक अस्पताल नारायणटारमा उपचार भइरहेको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित समय : १०:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु