nmb bank

गृहपृष्ठ विपद्‌बाट ८० जनाको मृत्यु, २ हजार ७६४ घरपरिवार विस्थापित

विपद्‌बाट ८० जनाको मृत्यु, २ हजार ७६४ घरपरिवार विस्थापित

विपद्‌बाट ८० जनाको मृत्यु, २ हजार ७६४ घरपरिवार विस्थापित

नेपालमा मनसुन भित्रिएको २८ जेठयता बाढी, पहिरो लगायतका विपद्‌मा परी ८० जनाको मृत्यु भएको छ । मंगलबारसम्म प्राकृतिक विपद्‌मा परी ५ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।

विपद्का कारण आजसम्म ९७ जना घाइते भएका छन् भने २ हजार ७६४ घरपरिवार विस्थापित भएका छन् । बाढीको कारण हालसम्म १६१ घर डुबानमा परेका छन् । १३८ वटा घर, ५४ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र दुइटा सरकारी कार्यालयमा क्षति पुगेको मन्त्रालयको तथ्यांक छ । यो अवधिमा ३८४ वटा पशु चौपायाको मृत्यु भएको छ ।

प्रकाशित समय : १९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु