nmb bank

गृहपृष्ठ कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पूर्तिघाट सडक सञ्चालनमा

कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पूर्तिघाट सडक सञ्चालनमा

कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पूर्तिघाट सडक सञ्चालनमा

पहिरोले पाँँच दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा आएको छ ।

करिडोरअन्तर्गत गुल्मीको रुद्रवेणी‐हर्मिचौर र पुर्तिघाट सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि गत शुक्रबारदेखि उक्त सडक अवरुद्ध थियो । गरगरे, मुल्क, पातीखोला र बरल्वामा खसेको पहिरो कालीगण्डकी गाउँपालिका र कालीका कन्ट्रक्सनको सहयोगमा हटाएपछि सडक सुचारु भएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले जानकारी दिए ।

गुल्मीको पुर्तिघाट खण्डसम्म सडक सञ्चालनमा आए पनि बागलुङतर्फ जाने सडक अझै अवरुद्ध छ । सडक अवरुद्ध हुँदा सवारी साधन गुड्न सकेका छैनन् । आइतबारदेखि अवरुद्ध मदनभण्डारी राजमार्गअन्तर्गत तम्घास‐रिडी सडकखण्ड मङ्गलबार बिहानदेखि सञ्चालनमा आएको छ । उक्त सडकखण्डको गुल्मी दरबार गाउँपालिका–४ स्थित वीरबासमा खसेको पहिरो हटाएपछि सडक सुचारु भएको हो । सडक सुचारु भएसँगै बीचमा रोकिएका सवारी साधन गन्तव्यतिर लागेका छन् । वर्षाका कारण अधिकांश ग्रामीण सडकमा पहिरोले क्षति पुगेको छ ।

प्रकाशित समय : १९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु